आइसिएफसी फाइनान्सको सत्रौं साधारणसभा सम्पन्न «

आइसिएफसी फाइनान्सको सत्रौं साधारणसभा सम्पन्न

आइसिएफसी फाइनान्सको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाबाट आर्थिक वर्ष २०७६-०७७ को मुनाफाबाट चुक्ता पुँजीको १५.५ प्रतिशत लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।
वार्षिक साधारणसभाले संस्थाको नियामावली अनुसार संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका तीन जना सञ्चालक चयन गरेको छ । ९२ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सले हालसम्म १८ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १७ वटा एटीएममार्फत ७१ हजार भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । फाइनान्सले चालु आवसम्म १४ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन र ९ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्