एभरेष्ट बैंकद्वार अनलाइन राजस्व कर भुक्तानी प्रणाली सुरू «

एभरेष्ट बैंकद्वार अनलाइन राजस्व कर भुक्तानी प्रणाली सुरू

एभरेष्ट बैंकले फन पेसँगको सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली सुरू गरेको छ । बैंकका व्यवस्थापकहरुका अनुसार यस विद्युतीय भुक्तानी प्रणालीले सेवाग्राहीलाई लाभ प्रदान गर्ने कम्पनीको विस्वास छ । कोभिडको महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रियाको अन्त्य गर्नेछ ।
स्थापनाकाल देखिनै ग्राहकको रोजाइको रहेको बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । यसैगरी देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १३२ एटिएम बुथसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेटर एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्