छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश स्विकृत «

छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश स्विकृत

छिमेक लघुवित्त वित्तीय संस्थाको १९औंं वार्षिक साधारणसभा हेटौडा मा सम्पन्न भएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस वित्तीय संस्थाले हालसम्म ६७ जिल्लामा १३७ वटा शाखामार्फत कुल ३ लाख ७९ हजार ६४ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।
२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७६-०७७ मा ६६ करोड २१ लाख ३९ हजार ८ सय ४२ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । सेयरधनीहरुलाई आव २०७६-०७७ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनस सेयर गरी कुल २९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय साधारण सभाले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्