सेन्चुरी कमर्सियल बैंकको नाफा २२ करोड «

सेन्चुरी कमर्सियल बैंकको नाफा २२ करोड

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथा दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७५-०७६ को मुनाफाबाट चुक्ता पुँजी रकममा ४.७५ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर तथा उक्त बोनस सेयर वितरण पश्चात् हुन आउने चुक्तापुँजी रकममा आ.व. २०७६-०७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना सञ्चालक सदस्यहरु निर्वाचित गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप ८२.४२ अर्ब र कर्जा रकम ६६.९३ अर्ब रुपैयाँ परिचालन गरी २२.०२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्