प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ लगेको अध्यक्ष नेपालको आरोप «

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ लगेको अध्यक्ष नेपालको आरोप

सूर्य चिन्ह नपाए आँधीबेरी बतासले कसैलाई रोक्न सक्दैनः अध्यक्ष प्रचण्ड
पोखरा-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ लगेको दाबी गरे । नेकपा गण्डकी प्रदेश स्तरीय बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई अस्थिरतर्फ लैजाने काम प्रधानमन्त्री ओलीले गरेको दाबी गरेका हुन् ।
उनले भने, “ओलीलाई मैले ४९ वर्ष बेहोरे, प्रचण्डलाई करिब ३५ वर्ष ओलीका बारेमा मलाई आन्द्राभुँडी थाहा छ, पहिलेदेखि नै उनीमा गुटबन्दी प्रवृत्ति हावी थियो, पार्टी कार्यालयमा बैठक बस्नुभन्दा आफ्नो निवासमा आफ्ना आसेपासेसँग भेटघाट गर्न व्यस्त भए, आज त्यही गुटबन्दीले गर्दा देशमा हाल अस्थिरता सिर्जना भएको छ ।” प्रधानमन्त्री ओलीलाई पुनः मूल पार्टीमा फर्किन आग्रह गर्दै अध्यक्ष नेपालले सचियर आए अझै पनि समय भएको बताए ।
पार्टी एकतामा हाल नेता वामदेव गौतम लागेको प्रसंग उल्लेख गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमा कम्युनिष्ट पार्टीको कुनै विचार र सिद्धान्त नभएको दाबी गरे । पार्टी भित्रको विवादलाई लियर लोकतन्त्र, संविधान र जनताको अधिकारलाई कसैले हनन गर्न नहुने बताएका अध्यक्ष नेपालले देशमा हाल सिर्जना भएको अस्थिरतामा आफूहरूको कुनै गल्ती नभएको जनाउँदै यसको अग्नी परिक्षा दिन आफूहरू तयार रहेको उल्लेख गरे । उनले भने, “प्रधानमन्त्री ओलीमा कम्युनिष्ट पार्टी प्रतिआस्था छैन, व्यक्तिबादी, गुटबन्दी, सत्तामा गए देखि अङकार प्रवृत्ति, शक्तिलाई हातमा लियर दुरुपयोग गर्दै जाँदा हाल नाङ्गिएको छ, यो सरकार अब धेरै दिन टिक्दैन ।” गण्डकी प्रदेश र लुम्बिनी प्रदेश केपी ओली पीडित प्रदेशका रूपमा रहेको दाबी गर्दै अध्यक्ष नेपालले ओलीको एकलकाट्टे प्रवृत्तिले गर्दा आफ्ना एसमेनहरूलाई मात्र अवसर दिएको आरोप लगाए ।
उनले भने, “सूर्य चिन्हः ल्याउने मान्छे म हुँ, पार्टी र निर्वाचन आयोगको विधि र सिद्धान्त अनुसार केन्द्रीय सदस्य बहुमत पुगेको पक्षले नै पार्टीको आधिकारिक चिन्ह, छाप र संस्थापक पक्ष हुनेछ, त्यो हाम्रो हुनेमा हामी पूर्णरूपमा विश्वस्त भएका छौं ।” सूर्य चिन्हमा कसैले कड्के आँखा नलगाउन ओली पक्षलाई कटाक्ष गर्दै नेपालले आफूहरूसँग सधैं सूर्य चम्की रहने र नेपाली जनतालाई उज्यालो छर्ने दाबी गरे । सूर्य चिन्ह कसैले खोस्न नसक्ने दाबी गरेका अध्यक्ष नेपालले अस्ताउदो सूर्य चिन्हः लिएमा आफुहरूले केही नगर्ने जनाए । प्रधानमन्त्री ओली विनास काले विपरीत बुद्धितर्फको बाटोमा लागेको आरोप लगाउँदै नेपालले उखान टुक्काले देश चल्न नसक्ने जनाए ।
अध्यक्ष दाहाल
नेकपा गण्डकी प्रदेश स्तरीय बृहत् कार्यकर्ता भेला तथा सघर्ष अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्यहरू रहेको दाबी गर्दै सूर्य चिन्हः आफुहरूले नै पाउनुपर्ने अन्यथा आधिहुरी बतासले कसैलाई रोक्न नसक्ने चेतावनी दिएका हुन् ।
प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको अबस्थामा प्रधानमन्त्री ओलीले पार्टी भित्रको अन्तर सघर्षलाई सामना गर्न नसकेर देश र जनताको हित विपरित असंवैधानिक कदम चालेको अध्यक्ष प्रचण्डले दाबी गरे । हरेक ठाउँमा प्रतिगमनकारी कदम चाल्दै ओलीले शक्तिको भरमा धम्काउने, मान्छेलाई हास्य व्याङगे र ठट्टा गर्ने गरेको तर पार्टीको नीति र सिद्धान्तविपरीत हिँड्ने गरेको प्रचण्डको आरोप थियो ।
निर्वाचन आयोगले पार्टी र आयोगको विधि र नीतिअनुसार र विगतको नजिरलाई समेत मूल्यांकन गरी निष्पक्ष ढंगले प्रतिगमनकारी कदमबिरुद्ध फौसला गर्ने कुरामा आफूहरू पूर्णरूपमा विश्वस्त रहेको अध्यक्ष प्रचण्डले बताए । नेकपा, सूर्य चिन्हः नेपकाको संस्थापन पक्ष आफूहरू नै हुने उनले जनाए । पूर्वमाओवादीलाई प्रधानमन्त्री ओलीले पाकेको फर्सीको संघा दिँदा ओली पक्षमा लागेका केही पूर्वमाओवादीलाई कसरी सुन्न सक्नु होला र त्यहाँ बस्नु भएको होला भन्दै ३÷४ महिनामा मूल घरमा फर्किने जनाए । घर परिवारबाट हाल रिसाएर गएकाहरूलाई परिवारकै सदस्यको रुपमा आफूहरूले स्वीकार गर्ने आफूहरूको प्रवृत्ति रहेको प्रचण्डले जनाए ।
प्रधानमन्त्री ओलीले पार्टीको विधान विपरित केन्द्रिय सदस्यको संख्या आफू खुसी बढाएर २ हजार ५ सय १ जना पु-याउने लक्ष्यमा राख्नु, मन्त्रि परिषद्मा अधिकतम २५ जना मन्त्री बन्ने प्रावधान हुँदाहुँदै ४० बढीलाई मन्त्री बनाउन खोज्नु अर्को दलदलमा फसेको उनको भनाइ थियो । प्रधानमन्त्री ओली माधवकुमार नेपालभन्दा १ हजार गुणा राम्रो र सुशासनमा पनि उत्तिकै राम्रो भएको बामदेव गौतमले भन्ने गरेको प्रंसगसमेत अध्यक्ष प्रचण्डले उल्लेख गरे । पूर्वप्रधानन्यायाधीशहरूले सामूहिक रूपमा प्रधानमन्त्रीले हाल चालेको कदम असंवैधानिक भएको कुरा सार्वजनीक गर्नु निकै राम्रो कदम भएको बताउँदै प्रचण्डले सर्वोच्च अदालतले संविधानमा भएको विषयलाई नै व्याख्या गर्ने बताए । कागं्र्रेस नेता गिरिजाप्रसाद कोइरालाले सत्यको पक्षमा सडकमा टाउको फुटाए सरी अब असंवैधानिक कदमविरुद्ध, सत्य र न्यायको पक्षमा माधव, झलनाथसहित आफूहरूको पालो आएको अध्यक्ष प्रचण्डले बताए । संसद पुनस्थापना नहुँदासम्म शसक्त्त आन्दोलनमा उत्रिन नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।
त्यसैगरी नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद आधार तयार पार्ने गरी दुई पार्टी एकीकरण भएकाले पार्टीको नीति र विधिविपरीत प्रधानमन्त्री ओली चल्न नसकेको दाबी गरे । प्रतिगमनतर्फ धकेल्ने, व्यत्तिवाद, सर्वसक्तावाद, गैर कम्युनिष्टबिरुद्ध लोकतन्त्र बचाउन र पार्टी एकताको बाँकी कार्यभार पूरा गर्ने जिम्मा आफूहरूको काँधमा आएको उनले जनाए ।
प्रधामन्त्री ओलीले सेटिङ मिलायर जनतालाई भ्रम छर्ने काम गरेको प्रवक्ता श्रेष्ठको आरोप छ । संसारमा हालसम्म कसैले पनि हाल प्रधानमन्त्री ओलीले चालेको कदमलाई संवैधानिक छ भन्ने आँट गर्न नसकेको उनले दाबी गरे । अझै पनि आत्मआलोचना गरी मूल पार्टीमा फर्किन प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई आग्रह गरे । नेकपा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेल, प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम) लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्