धम्पुसपिक हिमालको प्रवद्र्धन गर्न पोखराको एक टोली हिमाल आरोहण गर्दै «

धम्पुसपिक हिमालको प्रवद्र्धन गर्न पोखराको एक टोली हिमाल आरोहण गर्दै

हिमाल आरोहीको शुल्कः हिमालको प्रवद्र्धन तथा जनशक्ति उत्पादनमा खर्चिनुपर्ने मुख्य मन्त्री गुरुङको भनाइ
पोखरा-
आन्तरिक पर्यटकलाई प्रबद्र्धन गर्न करिब ६ हजार मिटर उचाइका हिमालको प्रबद्र्धन गर्न लागिएको छ । कोरोना भाइरसले गर्दा विदेशी पर्यटकहरू प्रायः शून्य जस्तै भएको अवस्थामा नेपालको पर्वतीय पर्यटनअन्तर्गत हिमाल आरोहण गर्न प्रोत्साहन गर्ने उद्देश्यले हाल हिमालको प्रबद्र्धन गर्न लागिएको नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले बताए ।
प्रदेशका हिमालहरूमा आरोहणका गतिविधि बढाउन प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको उनले जनाए । हिमाल आरोहणमा निकै सहज ढंगले हिमाल आरोहण गर्न सकिने हिमाल मध्यको एक ६ हजार १२ मिटर उचाइको धम्पुस पिक हिमाल आरोहणमा पोखराबाट एक टोली सोमबार मुस्ताङ तर्फ प्रस्थान गरेको अध्यक्ष शर्माले जनाए । अन्य हिमालभन्दा थोरै हिउ भएको भाग अन्य भाग उच्च पहाडीमा टे«ेकिङकै रुपमा जान सकिने भएको उनले दाबी गरे । पोखरादेखि एक हस्ताको यात्रामा उक्त हिमाल आरोहण गरिने भएको शर्माले जनाए । मर्दी हिमाल पोखरा देखि नजिकको हिमाल भए पनि मर्दी हिमाल भन्दा अझ आरोहण गर्दा सहज धम्पुस पिक भएको अध्यक्ष शर्माले दाबी गरे ।
आरोहण टोली सोमबार नै मुस्ताङको मार्फा पुग्ने र दुई दिनमा पाँच हजार मिटर उचाइको याकखर्कको फेदीमा हुँदै बेसक्याम पुगेर दुई दिन आधारभूत तालिममा सहभागी हुने भएको उनले बताए । आठ दिनको उक्त आरोहणमा २ महिलासहित २६ जनाको टोली सहभागि भएको हो । १० जनाले हिमाल आरोहण गर्ने कार्यक्रम तय गरिएको छ । आयोजकका अनुसार टोलीका अन्य सदस्य वेसक्यामबाट फर्किने भएका छन् ।
यसैबीच, उक्त हिमाल आरोहण गर्न जाने टोलीलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सफल आरोहणको कामनासहित राष्ट्रिय झण्डा, नेपाल पर्वतारोहण र नेपाल पर्यटन बोर्डको झण्डा हस्तान्तरण गर्दै खादा लगाई बिदाइ गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्य मन्त्री गुरुङले नेपालको पर्यटनको भर भनेको हिमाल र पर्वतीय क्षेत्र नै भएको दाबी गर्दै कोभिडले गर्दा प्रभावित भएको पर्यटन क्षेत्रलाई यस्ता हिमाल आरोहणले थप प्रबद्र्धन गर्ने दाबी गरे । उनले भने, “गण्डकी प्रदेश हिमाश्रृंखलाको दृष्टिले सम्पन्न प्रदेश हो, यिनीहरूको पर्यटन बजारमा उपयोग गर्न सके समग्र पर्यटनको समृद्धि र विकासमा टेवा पु¥याउन सकिन्छ ।” नेपाल सरकारले नेपाल पर्वतारोहण संघलाई २७ वटा हिमचुचुरा आरोहणको व्यवस्थापनको जिम्मा दिइसकेको बताउँदै उनले त्यसमार्पmत प्राप्त हुने रोयल्टीलाई अन्य हिमालको प्रवद्र्धन तथा जनशक्ति उत्पादनमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा रहेका हिमालहरू आरोहण गर्ने क्रम उत्साहजनक नदेखिएको बताए । हिमाल आरोहणको इतिहासमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरे पनि त्यसयता खासै हिमाल आरोहण नभएको उनले जनाए । पोखरालाई केन्द्रमा राखेर ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नका लागि तीनै तहका सरकार, पर्यटन व्यवसायी तथा नागरिक समाजको सामूहिक प्रयास आवश्यक रहेको मन्त्री लम्सालको भनाइ थियो । गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले हिमाल आरोहणसंगै कोरोनाको कारण शिथिल बनेको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन मुलुकको आर्थिक उन्नतिको आधार भएको बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सबैको साथ र सहयोगको आवश्य पर्नेमा जोड दिँदै त्यसका लागि बोर्ड आवश्यक सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्