नेपाल बहुउद्देश्यीय सहकारी संघको ८औं वार्षिक साधारणसभा सम्पन्न «

नेपाल बहुउद्देश्यीय सहकारी संघको ८औं वार्षिक साधारणसभा सम्पन्न

ललितपुर– नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोभिड–१९को कारण भर्चुअल रुपमा सम्पन्न बैठकमा संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारी संघसंस्थाहरुमा देखिएको तरलता अभावका कारण उत्पन्न वर्तमान समस्या समाधान गर्न तरलता व्यवस्थापन कोष संचालन कार्यविधि २०७७ लागु गरेको बताए ।
उनले संघले बहुउद्देश्यीय सहकारीहरुको उन्नयनको लागि थप कार्ययोजना ल्याउने तयारी भइरहेको जानकारी दिए । साधारणसभामा अल्पकालिन र दीर्घकालिन कार्ययोजनाबारे जानकारी गराउँदै उनले सम्पत्ति शुद्धिकरण निवारण, सहकारी र गरिबी निवारण सम्बन्धि सूचना प्रणाली, अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार, सहकारी सदस्यता तालिम सञ्चालन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्