आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा मनिषा कोइराला नियुक्त «

आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा मनिषा कोइराला नियुक्त

आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा अभिनेत्री मनिषा कोइराला नियुक्त भएकी छिन् । ब्रान्ड एम्बेसडर नियुक्तसम्बन्धी समझदारीपत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र अभिनेत्री कोइरालाले हस्ताक्षर गरेका छन् ।
कोइरालाले आइएमई लाइफको ब्रान्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । ब्रान्ड एम्बेसडर बनेपछि छरिएर रहेको पुँजीलाई एकीकृत गरी राष्ट्र निर्माणमा टेवा पु¥याउने अवधारणा बोकेको आईएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुसी भएको कोइरालाले बताइन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले दृढ विश्वासी, क्षमतावान्, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएकी अभिनेत्री कोइरालासँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । यो सम्झौता यही पुस २४ गतेदेखि नै लागू भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्