‘एनसेल बाह्रखरी गल्फ’ माघ २४ मा «

‘एनसेल बाह्रखरी गल्फ’ माघ २४ मा

पर्यटन क्षेत्रमा योगदान पु-याउने उद्देश्यले नियमितरुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा हुने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा माघ २३ देखि २५ गतेसम्म पोखरामा प्रतियोगिता हुन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवद्र्धनका लागि यसवर्ष पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराइनेछ । गल्फ प्रतियोगिता हिमालयन गल्फ कोर्समा माघ २४ गते हुनेछ, जहाँ ७२ जना कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै होल इन वन गर्ने खेलाडीलाई हुन्ड्याई ग्रान्ड आइटेन नियोस उपहार राखिएको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्