लमजुङ उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समूहको बर्चस्व «

लमजुङ उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समूहको बर्चस्व


लमजुङ उद्योग वाणिज्य संघको १७ औं अधिवेशनबाट लोकतान्त्रिक व्यवसायीहरुको समूह विजयी भएको छ । आठवटा इकाई रहेको संघमा शनिवार निर्वाचन भएको सातवटा इकाई र जिल्ला नेतृत्व निर्वाचनमा सबै इकाईमा लोकतान्त्रिक समूहले जितेको हो ।
सोमबार राति सार्वजनिक भएको मत परीणाम अनुसार जिल्ला नेतृत्वका लागि लोकतान्त्रिक समूहका गुणराज सिलवालले प्रगतिशिल समूहका श्रीकृष्ण लामिछानेलाई तीन सय १४ मतको अन्तरले पराजित गरेका हुन् । सिलवालले एकहजार तिनसय ५९ मत प्राप्त गरेका हुन भने लामिछानेले एक हजार ४५ मत प्राप्त गरेका थिए ।
प्राप्त मत परीणाम अनुसार संघको प्रथम उपाध्यक्षमा मृगेन्द्र घिमीरे, द्वितीय उपाध्यक्षमा भरतकुमार श्रेष्ठ, तृतिय उपाध्यक्षमा कृष्णजङ गुरुङ निर्वाचित भएका छन् भने महिला सदस्यमा आयुशा मिया र मनु पन्त निर्वाचित भएका छन् ।
यसैगरी तीन सदस्य रहेको संघमा प्रदीप बस्नेत, सुरेश प्रधान र सिवराम सिलवाल निर्वाचित भएका छन् । निर्वाचित सवै लोकतान्त्रिक समूहका हुन् ।

प्रतिक्रिया दिनुहोस्