‘अन्तर्राष्ट्रियस्तरको जनशक्ति आउटसोर्सिङ गर्न सकिन्छ’ «

‘अन्तर्राष्ट्रियस्तरको जनशक्ति आउटसोर्सिङ गर्न सकिन्छ’


नेपाल–भारत उद्योग वाणिज्य संघले नेपालमा भारतीय लगानीका विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिवद्दता जनाएका छन् । मंगलबार भारतमा सञ्चालित बिपिओ कम्पनी भर्टेक्स ग्लोबल सर्भिसेस इण्डियाका प्रतिनिधि तथा नेपालमा रहेका यससँग सम्बन्धित प्रविधि व्यवसायीहरुबीच छलफल आयोजना भएको छ ।
संघका अध्यक्ष सृजना राणाले विभिन्न सेवा प्रदायकहरु तथा संस्थाबीच समन्वय गरी अघि बढ्नुपर्ने बताइन् । उनले नेपालमा भारतीय लगानीकर्तालाई आकर्षित गर्न सके अर्थतन्त्र मजबुद पार्न सहयोग पुग्ने बताइन् । उनले भर्टेक्स ग्लोबल सर्भिसेस इण्डियाको उपस्थिति एवं सेवा नेपालका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरिन् ।
संघका उपाध्यक्ष सुनिल केसीले नेपालमा विभिन्न क्षेत्रमा विद्यमान कार्यगत अवसरहरुलाई कम खर्चमा प्रभावकारी रुपमा कार्य सम्पादन तथा जनशक्ति व्यवस्थापन गर्ने तथा कार्यरत जनशक्तिलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
उनले जनशक्ति आउटसोर्सिड्ड गर्ने प्रचलन विश्व बजारमा प्रचलनमा रहेपनि नेपालमा पनि यस्त अवसरहरुको विकास गर्न सकिने बताए । नेपाली युवाहरुलाई तालिम, रोजगारी प्रदान गर्ने तथा कसरी स्वव्यवसायी र स्वावलम्बी बनाउन सके अन्तर्राष्ट्रियस्तरको जनशक्ति विकास गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्