चन्द्रागिरी हिल्सको आईपीओमा मागभन्दा साढे १७ गुणा बढी आवेदन «

चन्द्रागिरी हिल्सको आईपीओमा मागभन्दा साढे १७ गुणा बढी आवेदन

चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा मागभन्दा १७.५७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आवेदन दिने अन्तिम दिन मंगलबारसम्म १२ लाख ५१ हजार १० जना आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन् ।
कम्पनीले पुस २४ गतेदेखि सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता सेयर बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित रहेको छ ।
कम्पनीले छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्मको मिति तोकेपनि मागभन्दा बढी आवेदन परेपछि छोटो अवधिमै बिक्री बन्द गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ बिक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यस आईपीओ खरीदको लागि न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका आवेदन माग गर्न सकिने व्यवस्था थियो ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्