विश्वका ठूला कम्पनीहरुको ट्रम्पप्रतिको समर्थन फिर्ता «

विश्वका ठूला कम्पनीहरुको ट्रम्पप्रतिको समर्थन फिर्ता

वासिङटन-जेपी मोर्गान चेज, म्यारियट र अन्य प्रमुख कर्पोरेसनहरुले बाहिरिन लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध तोड्न लागेका छन् । साथै उनका समर्थकहरुको राजनीतिक चन्दा पनि रोक्न थालेका छन् ।
ट्वीटर र फेसबुकले ट्रम्पलाई उनीहरुको प्लेटफर्मबाट प्रतिबन्ध लगाए लगत्तै ट्रम्पको अभियानको वेबसाइटका लागि कम्पनीहरुले भुक्तानीको प्रक्रिया रोक्ने बताएका हुन् ।
यसैबीच व्यवसायीक गल्फर एसोसिएसन अफ अमेरिका (पीजीए) ले २०२२ को च्यापियनसिपलाई न्यूजर्सीमा रहेको ट्रम्पको बेडमिनिस्टर गल्फ कोर्सबाट अन्यत्र सारेर राष्ट्रपतिसँगको सम्बन्ध तोड्ने घोषणा गरेका छन् ।
“हामीले बुधबारको क्यापिटल हिलको दुःखदायी घटनालाई महशुस गरेका छौ । त्यसैले हामी यसलाई बेडमिनिस्टरमा राख्न सक्दैनौ,”पीजीएका सीईओ सेठ वाउगले बताए ।
क्यानेडियन ई–कमर्श कम्पनी सोपिफाइले पनि ट्रम्पको व्यापारिक सामग्रीको बिक्री रोकेर यो कदममा एक्येवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्