स्कोडाले नयाँ मोडल नेपाली बजारमा «

स्कोडाले नयाँ मोडल नेपाली बजारमा

स्कोडा कारको नेपालको लागि आधिकारिक वितरक प्रिमियम एसयूभी कारोक सार्वजनिक गरेको छ । स्कोडा कारोक एसयुभी नेपालमा एम्बिसन र एम्बिसन प्लस भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी दुवै भेरियन्टमा २.० लिटर, ६ स्पिड अटोमेटिक ट्रान्समिसनसहितको टर्बो चार्ज्ड डिजेल इन्जिन हुनेछ। जसले अधिकतम १०५ किलोवाट र ३२० एनएम टर्क उत्पन्न गर्छ । नयाँ कारोकको लम्बाइ ४,३८२ एमएम, चौडाइ १,८४१ एमएम र उचाइ १,६२४ एमएमरहेको छ। ठूलो आकारले यात्रुलाई आरामदायी यात्रा दिलाउने कम्पनीले बताएको छ । द
त्यसैगरी, यसको ह्विलबेस २,६३८ एमएम छ जसले सडकमा सजिलोसगँ चल्न मद्दत गर्छ । जसको बुट स्पेस ५२१ लिटर छ जुन क्लासमै सबैभन्दा बढी हो र पछिल्ला सिटहरु फोल्ड गरेर यसलाई १,६३० लिटरसम्म बनाउन सकिन्छ । यसमा अटोमेटिक हेडल्याम्प लेभलिङसहितको एएफएस (एडाप्टिभ फ्रन्ट लाइट सिस्टम) एलईडी हेडल्याम्प, ‘कर्नरिङ फंक्सन’ भएको फगल्याम्प, मौसमअनुसार परिवर्तन हुने हेडल्याम्पले नयाँ कारोकको एक्सटेरियरलाई उत्कृष्ट बनाएको छ ।
यसमा ‘बाउन्स ब्याक सिस्टम’सहितको ‘इलेक्ट्रिकल्ली एडजस्टेबल पानोरामिक सनरुफ’ राखिएको छ । जसले इन्टेरियरलाई अझ बढी ‘स्पेसियस’ भएको अनुभव दिलाउँछ । कारोकको पछिल्लो भागमा स्कोडाको टिपिकल ‘सी’ आकारको एलईडी टेललाइट रहेको छ । कारोकको ड्यासबोर्डमा ‘ब्ल्याक लेदर अहोस्ट्री’सहित सिल्भर टच दिइएको छ ।
यसमा ‘प्रोक्सिमिटी सेन्सर’ र २०.३२ सेन्टिमिटरको टच डिस्प्ले छ । त्यसैगरी, भ्वाइस कमान्ड कन्ट्रोल, एसडी कार्ड रिडर, युएसबी पोर्ट र ब्लुटुथ जीएसएम टेलिफोनी र अडियो स्ट्रिमिङ जस्ता सुविधा छन् । साथै विना झन्झट ‘मोबाइल कनेक्टिभिटी’का लागि ‘स्मार्टलिंक’ जडान गरिएको छ । नयाँ स्कोडा कारोकमा ‘एअर केयर फंक्सन’सहितको ‘इन्टेलिजेन्ट टु जोन क्लाइमेट्रोनिक एअर कन्डिसनिङ सिस्टम’ छ । यसले गर्दा अगाडि र पछाडिका यात्रुलाई छुट्टाछुट्टै तापक्रम कायम गर्न सकिन्छ। साथै, यसमा ‘ह्युमिडिटी सेन्सर’समेत छ, जसले ‘विन्डस्क्रिन’ बाफिलो हुन रोक्छ ।
अध्याँरोमा गाडीमा प्रवेश गर्ने सहज बनाउन ‘साइडभ्यु मिरर’मा ‘बोर्डिङ स्पट ल्याम्प’ राखिएको छ । यसका साथै, यसमा ‘क्रुज कन्ट्रोल’ र ‘अटोमेटिक रेन सेन्सिङ वाइपर’ समेत यसमा जडान गरिएको छ ।
नेपालमा स्कोडा कारोक एम्बिसनको मूल्य एक करोड १५ लाख रुपैयाँ र कारोक एम्बिसन प्लसको मूल्य एक करोड २५ लाख रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्