सनराइज बैंकको थप पाँच शाखारहित बैंकिङ्ग सेवा सुरु «

सनराइज बैंकको थप पाँच शाखारहित बैंकिङ्ग सेवा सुरु

सनराइज बैंकको थप पाँच शाखारहित बैंकिङ्ग सेवा सुरु भएको छ । तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा यो सेवा सुरु भएको हो । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको छ ।
शुक्रबार बैंकले व्यास नगरपालिका –१४ केशवटार तनहुँ, सुनवल नगरपालिका–७ अस्नैया नवलपरासी र गढी गाउँपालिका –२ भमरीबजार सुनसरीमा ३ वटा शाखारहित बैंकिङ्ग सेवा खोलेको छ ।
शनिबार धुर्कोट गाउँपालिका –३ हाडहाडे गुल्मी र धुर्कोट गाउँपालिका– ७ ड्वानेटा गुल्मीमा २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । साथै सोमबार काठमाडौं कलंकी स्थित मालपोत कार्यालयमा बैंकको १२ औं एक्सटेन्सन काउन्टरको सुरु गरेको छ
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकको भनाइ छ ।
यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिन्छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पर्याउने उद्देश्य बैंकको छ । हालसम्म यो बैंकको १३९ वटा शाखा, ६३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम छन् ।

प्रतिक्रिया दिनुहोस्