ग्लोवल आइएमइ बैंकको कञ्चनपुरमा नयाँ शाखारहित बैंकिङ सेवा «

ग्लोवल आइएमइ बैंकको कञ्चनपुरमा नयाँ शाखारहित बैंकिङ सेवा

ग्लोवल आइएमइ बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै यो सेवा संख्या २४४ पुगेको छ ।
उक्त बैंकिङ सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गैराल तथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले संयुक्तरुपमा गरे । त्यहाँ प्रतिनिधिमा गंगाराम रानालाई नियुक्त गरिएको छ ।
यो बैंकको ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४४ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्