इन्टेग्रीटी आईकनबाट ५ राष्ट्र सेवक सम्मानित «

इन्टेग्रीटी आईकनबाट ५ राष्ट्र सेवक सम्मानित


कोभिड – १९ को महामारीबा बेला व्यक्तिगत तथा संस्थागत निष्ठाको लागि काम गर्ने ५ जना राष्ट्र सेवक सरकारी कर्मचारीलाई इन्टेग्रीटी आइकन २०२० बाट सम्मान गरिएको छ ।
महामारीले निम्त्याएको चुनौतीका बावजुत पनि कार्य क्षेत्रमा खटिएका स्वास्थ्य, शिक्षा, पर्यावरण र महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने ५ राष्ट्र सेवकलाई अकाउन्टविलिटी ल्याब नेपालले सम्मान गरेको हो ।
इन्टेग्रीटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहनगर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न हौलसा दिन सम्मान गरिएको अकाउन्टविलिटी ल्याब नेपालले जनाएको छ ।
यस वर्षको इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका १५०२ मनोनयन बाट निर्णयक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना सहजिकरण समितिका अध्यक्ष काशि राज दाहाल, पूर्र्व सचिव जीवन प्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहेका थिए ।
इन्टेग्रीटी आइकन २०२० का लागि स्वास्थ्यकर्मी आरती थारु, लुम्विनी प्रदेश उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय महाशाखाप्रमुख दिपक ज्ञवाली, कृषि ज्ञान केन्द्र, ओखलढुंगा बाली संरक्षण अधिकृत हेम बहादुर आले मगर, महिला, बालबालिकातथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिकी अधिकृत मञ्जु महतो, नीलकण्ठ उच्च माध्यामीक विद्यालय धादिङका शिक्षक डा. नविनबन्धु पहाडी सम्मानित भएका छन ।
आरती थारुले सुत्केरी सेवा सबैको पहुँच पु-याउन बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिका निर्वाह गरेकी थिईन । यसैगरी दिपक ज्ञवालीले बनलाई आयस्रोतको माध्यम बनाउन अतिक्रमित बन राज्यको नाममा फिर्ता गर्न जोखिमको सामना गरेका थिए । हेम बहादुर आले मगरले कृषकलाई खेतीगर्ने तरिका र प्रविधिको प्रयोगका सहयोग गरेका थिए । यसैगरी मञ्जु महतले अछाममा घरेलु हिँसा र छाउपडी प्रथा कम गर्न र बालबालिकाको नेतृत्व विकास गर्नमा योगदान गरेकि थिईन । डा. नविनबन्धु पहाडीले धादिङमा दलित र सिमान्तकृत समुदायका बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रि व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापना गर्न नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्