चीन–भारतबीच अर्को सीमा विवादको संकेत «

चीन–भारतबीच अर्को सीमा विवादको संकेत

भारत र चीनबीच हिमालयको सीमामा भएको सीमा विवादपछि फेरी अर्को सीमामा विवादको संकेत देखिएको छ ।
भारतले भुटानको पूर्वमा रहेको अरुणान्चल प्रदेश आफ्नो २९ राज्य मध्येको एक भएको मान्दै आएको छ भने चीनले यो क्षेत्रलाई दक्षिणी तीब्बतको अंश मान्दै आएको छ । यो क्षेत्र १९६२ को दुई देशबीच भएको लडाइको प्रमुख कारण भएको थियो । यो चीन–भारत सीमानामा रहदै आएको छ । यसलाई लाइन अफ एक्चुअल कन्ट्रोलले विभाजन गर्दै आएको छ ।
डिसेम्बरको अन्त्यतिर चिनियाँ पक्षले यो रेखा पार गरेर अरुणान्चतल प्रदेशको माथिल्लो जिल्लामा सडक निर्माणको काम थालेको थियो । यो बारेमा यसै साता केही भारतीय सञ्चार माध्यमले समाचार प्रकाशित गरेका छन् । चिनियाँ पक्षले १ किलोमिटरको हाराहारीम सीमा पार गरेको र भारतीय सेनाले प्रतिकार गरेपछि फर्किएको प्रेस ट्रष्ट अफ इन्डिया र इन्डियन एक्सप्रेसले समाचार प्रकाशित गरेका छन् । भारतीय सेनाले निर्माण उपकरण पनि जफत गरेको बताइइएको छ ।
गत वर्ष अर्को विवादित सीमा क्षेत्र डोक्लाममा चिनियाँ पक्षले निर्माण कार्य गरेको थियो । यो क्षेत्रलाइ चीनमा डङलाङ र भारतमा डोक्लामा भनिदै आएको छ । यो निर्माण कार्यपछि दुवै देशबीच तनावको अवस्था सिर्जना भएको थियो । जुनदेखि अगस्टका अन्त्यसम्म भएको आमने सामनेको गतिविधिले द्विपक्षिय सम्बन्धमा पनि व्यापक असर पारेको थियो ।
यो विषयमा दुई पक्षबीच कुनै ठूलो तनावको अवस्था सिर्जना नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चिनियाँ विदेश मन्त्रालयलका प्रवक्ता गेङ सुवाङले यो विषयको बारेमा आपूmलाई जानकारी नभएको र अरुणान्चल प्रदेशलाई कहिले पनि भारतको भएको भनेर मान्यता नदिएको बताएका छन् ।
दुई मुलुकबीच अकासी चीनको विषयमा पनि विवाद भएको छ । यो क्षेत्रलाई नयाँ दिल्लीले जम्मु काश्मिरको अंश भएको बताउदै आएको छ भने चीनले यो क्षेत्रलाई सिनजियाङ उईघुर स्वाशाशित क्षेत्र भएको बताउदै आएको छ । क्षेत्रिय विवाद बाहेक बेइजिङ र नयाँ दिल्लीले क्षेत्रमा आर्थिक र राजनीतिक प्रभावका लागि पनि प्रतिस्पर्धा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्