यूरोप–चीनबीचको मालवाहक सवारी हालसम्मकै उच्च «

यूरोप–चीनबीचको मालवाहक सवारी हालसम्मकै उच्च

बेइजिङ-गत वर्ष चीन र युरोपबीचको मालवाहक सवारी १२,४०० कार्गो रेल सहित कीर्तिमानी उच्च पुगेको चाइना स्टेट रेलवे ग्रुपले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी हो ।
यी दुई गन्तव्यबीच गत वर्षको कार्गो सवारी पहिलो पटक १०,००० नाघेको थियो ।
गत वर्षको रेल ढुवानीलाई आकारमा मान्ने हो भने ११ लाख ४० हजार फीटको हाराहारीमा हुन आउछ । यो वार्षिक मापनका आधारमा ५६ प्रतिशतले बढी हो ।
कार्गो रेलले युरोपका २० मुलुकको ९० सहरहरुमा मालसामान ढुवानी गर्ने गरेको छ । यसले महामारी नियन्त्रण र रोकथामको अन्तराष्ट्रिय समन्वयलाई झनै मजबुत बनाएको छ । कुलमा चीनबाट इटाली, जर्मनी, स्पेन, चेक गणतन्त्र, रुस, पोल्यान्ड, हंगेरी, नेदरल्यान्ड, लिथुआनिया र बेल्जियममा ७६,००० मेट्रिक टन तथा ९३ लाख १० हजार थान महामारी रोकथान र नियन्त्रणका सामग्रीहरु ढुवानी भएका थिए ।
चीन–युरोप कार्गो रेलको ठोस भूमिकाले कोभिड महामारीसँग जुभ्mनका लागि विश्वव्यापी समन्वयलाई सहजीकरण गर्न सक्ने चाइना स्टेट रेलवे ग्रुपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्