एप्पल र हुन्डाइले २०२४ मा स्वचालित कार उत्पादन सुरु गर्ने «

एप्पल र हुन्डाइले २०२४ मा स्वचालित कार उत्पादन सुरु गर्ने

सोल-दक्षिण कोरियाली कार निर्माता हुन्डाइ र अमेरिकी प्रविधि कम्पनी एप्पलले छिट्टै स्वचालित कार उत्पादनको सम्झौतालाई अन्तिम रुप दिने भएका छन् । यो सम्झौताको तीन वर्षमा कारको उत्पादन हुने अपेक्षा गरिएको छ ।
दुई कम्पनीबीचको सम्झौताले मार्चमा पूर्ण अवस्थामा पुग्ने कोरियाको स्थानीय अखबार आईटी न्यूजले जनाएको छ ।
यो कारको उत्पादन अमेरिकामा स्थापना गरिएको प्लान्टमा हुने छ । उक्त प्लान्टबाट २०२४ मा १ लाख कार उत्पादन हुने छ ।
विद्युतीय कार र हुन्डाईले उत्पादन गरेको ब्याट्रिबाट चल्ने कारबीचको सम्भावित सम्झौताको समाचार लगत्तै शुक्रबार हुन्डाइको सेयर मूल्य आकाशिएको थियो ।
कम्पनीको सेयरमा २० प्रतिशतको हाराहारीमा वृद्धि भएको थियो । यसले कम्पनीको बजार पुँजीकरणमा ८ अर्ब डलर थपिएको छ ।
तर एप्पलको सेयरमा भने त्यस्तो व्यापक वृद्धि भएको छैन ।

प्रतिक्रिया दिनुहोस्