पर्यटन आगमन सहजपार्न व्यवसायीको जोड «

पर्यटन आगमन सहजपार्न व्यवसायीको जोड


संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९को भ्याक्सिन छिमेकी मुलुकमा सुरु भएकालेभारत र चीन नेपालको पर्यटन बजार हुने बताएका छन् ।सरोकारवाला निकायसँगको अन्तरक्रियामा मन्त्री ढकालले कोभिड–१९ले थलिएको पर्यटनव्यवसायलाई लयमा फर्काउन तत्काल छिमेकी मुलकका पर्यटकल्याउनमाजोड दिनु पर्ने बताए । छोटो दूरी धार्मिक पर्यटकको बजार छिमेकी मुलुक भएकाले गर्दा हालको समयमा नेपालको धार्मिक महत्वमा गन्तव्यको प्रचार प्रसारमा जोड दिनु पर्ने उनको धारण थियो ।
त्यस पछि आन्तरिक र छिमेकी मुलुकका पर्यटन गतिविधि नेपालमा बढेर गएसँगै अन्य देशका पर्यकटकालागि सन्देश प्रभावहुने र नेपालको विश्वभर सकारात्मक प्रचार भएर जाने विश्वास मन्त्री ढकालको थियो ।
“छिमेकी मुलुक चीनमा लुम्बिनी र भारतमा पशुपति, मुक्तिनाथको प्रचार प्रसार गर्न सकेको खण्डमा केहीहदसम्म पर्यटन क्षेत्रलाई चलयामान बनाउने छ” मन्त्री ढकालले भने, “यो गन्तव्यलाई पर्यटन बजारसम्म प्रचार प्रसार गर्नतर्फ सबै सरोकारवाला निकाय लाग्ने र सरकारले पनि यस तर्फको सहजीकारण गर्दै पर्यटन आगमनमा सहज नीति ल्याउने छ ।”
पीसीआर नतिजा नेगेटिभ आएको पर्यटक र कोभिड–१९को खोप लगाएर आएका पर्यटकलाई आगमन, पर्यटकीय गतिविधिमा सहभागी हुनका लागि सहजीकरण गर्ने मन्त्रालयले प्रक्रियागत निर्णय गर्ने मन्त्री ढकालको भनाइथियो ।
पर्यटनसँग सरोकारवाला निकायहरुले पर्यटन आगनमनमा सरकारले सहजीकरण गर्नु पर्ने बताउँदै यसकोलागि अनएराइभल भिसा दिनु पर्नेमा सबैको जोड थियो । मन्त्री ढकालले यसको लागि मन्त्रिपरिषदमा प्रस्तावमा लगेर पर्यटन आगमनमा सहजीकरण गर्ने बताए ।
स्वास्थ्य सुरक्षाका सबै प्रटोकल अपनाएर पर्यटनको आगमन सहज बनाउन मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेर निर्णय गर्न सरकार सकरात्मक रहेको उनले बताए । पीसीआर रिपोर्ट र खोप लगाएका पर्यटकलाई अनअराइभल भिसा दिन पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाहरूले माग गरेका थिए । उनीहरुले करिब १ वर्षदेखि पर्यटन क्षेत्र धरासायी भएकाले गर्दा नेपालमा पर्यटन आगमन सहज रहेको र स्वास्थ्य प्रटोकलपालना गरी पर्यटकीय गतिविधिमा सहभागी हुन सक्ने सन्देश विश्वको पर्यटन बजारमा दिनु पर्नेमाजोड दिए ।

प्रतिक्रिया दिनुहोस्