अमेरिकामा डिसेम्बरमा १४ लाख रोजगारी गुम्यो, गुमाउने सबै महिला «

अमेरिकामा डिसेम्बरमा १४ लाख रोजगारी गुम्यो, गुमाउने सबै महिला

वासिङटन-अमेरिकामा २०२० को डिसेम्बरमा मात्रै १४ लाख रोजगारी गुमेको छ । तर अचम्मको कुरा के छ भने रोजगारी गुमाउने सबै महिलामा मात्रै रहेका छन् ।
गत वर्षको सुरुवातमा भने अवस्था फरक थियो । कार्यबलमा पुरुषको तुलनामा महिलाको संख्या बढी थियो । यस किसिमको अवस्था करिब तीन महिनासम्म रह्यो । यो भन्दा पहिले २००९ मा छोटो अवधि र २०१० को सुरुमा पनि कुल कार्यबलमा महिलाको संख्या बढी थियो । यसमा पनि आंशिक समय काम गर्ने महिलाको संख्या बढी थियो । घरायसी कामको जिम्मेवारी महिलाको काधमा परेकाले उनीहरुले बाहिरी काम गर्न नपाएका हुन् ।
पारिश्रमिकको दृष्टिकोणबाट पनि पुरुषको तुलनामा महिलाको आम्दानी कम रहेको छ । पुरुषले १ डलर कमाएकोमा महिलाले ८१ सेन्ट मात्रै कमाउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्