माघ १ देखि अन्नपूर्ण पदमार्गका पर्यटकीय गन्तव्य खुल्ला «

माघ १ देखि अन्नपूर्ण पदमार्गका पर्यटकीय गन्तव्य खुल्ला

पोखरा-कास्कीको अन्नपूर्ण पद मार्गमा पर्ने धान्द्रुक, टाडापानी, घोरेपानी, देउँराली, उल्लेरीलगायतका क्षेत्रमा पर्यटक आगमनमा आगामी माघ १ गते खुल्ला हुने भएको छ । गाउँमा बढी बृद्ध बृद्धाहरु भएको हुनाले कोरोना संक्रमण बढ्ने जोखिमलाई मध्यनजर गरी माघ १ गतेदेखि उक्त क्षेत्रमा पर्यटक आगमनमा खुल्ला गर्ने भएको पर्यटन व्यव्स्थापन समिति घान्द्रुकले जनाएको छ ।
करिब १० महिना पछि उक्त क्षेत्रमा पर्यटक आगमन खुल्ला गरेसँगै व्यवसायीहरु उत्साहित भएकोसमितिका अध्यक्ष किसन गुरुङले बताए । घान्द्रुकमा आगन्तुक पाहुनाहरुलाई स्वास्थ्य परीक्षणको क्रममा ज्वरो आउने तथा कोरोनाको कुनै लक्षण देखा परेमा उनीहरुलाई पोखरा पठाउने व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए ।
नेपाल सरकारले तोकेको आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी घान्द्रुक, छोम्ररुङ, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, घोरेपानी, माछापुच्छ«े वेस क्याम्प, अन्नपूर्ण वेस क्यापमा घुमघाममा निस्कन सकिने अध्यक्ष गुरुङले जनाए ।
कोरोनाको प्रभावले धेरै पर्यटकीय क्षेत्र प्रभावित हुने भएकोले अब गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरु विस्तारै स्वास्थ्य मापदण्ड पूरा गरी खुल्ला गराउन पहल गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीनाथ भण्डारीले बताए । पोखरा र आसपासका पर्यटकीय गन्तव्यहरु अझै खुल्ला नहुँदा पर्यटन प्रबद्र्धनमा थप समस्या भएकोले अब पर्यटकीय गन्तव्यहरु खोल्नुको विकल्प नभएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । पोखराका पर्यटन व्यवसायी गणेश भट्टराईले विश्व बजारलाई हेरेर पर्यटन बोर्डले नयाँ प्याकेज ल्याउनु पर्नेमा जोड दिए ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले आन्तरिक पर्यटकलाई अब उच्च प्रथामिकता दिनु पर्ने बताए । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेसकान्त शर्माले आन्तरिक पर्यटकहरुलाई अब ५ देखि ६ हजार मिटर उचाइका हिमालहरु आरोहण गराउनु पर्ने बताए । आन्तरिक पर्यटन पुनःउत्थान गण्डकी प्रदेशका संयोजक अग्नी कंडेलले अब निरासा नभई आशावादी भएर पर्यटकीय गन्तव्यहरु खुलाउनु पर्ने बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए—क्याप) पोखराका प्रमुख राजकुमार गुरुङले घान्द्रुकमा पर्यटकहरुको सुरक्षाको लागि आइसोलेसनसहितको सेवा उपलब्ध गराएर उदाहरणिय कार्य गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्