विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’ «

विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’

एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकताअनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ जसअन्तर्गत विद्यार्थीले मोबाइलमार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्छन् ।
इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यस नविन सेवाकम्पनीले आफ्नो ‘अनपज’ अभियानअन्तर्गत ल्याएको कम्पनीले जनाएको छ । यो अभियानले हालको विषम् परिस्थितिमा भविष्यको पुर्नविचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य लिएको छ ।
पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने भएकाले सिकाइको अनुभवलाई परिभाषित गर्ने यो सेवा ग्राहकका लागि उपयोगी हुने एनसेलले जनाएको छ । पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध रहेको बताइएको छ । कक्षा १ देखि १० सम्मकाविद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्घ रुपमा अरु कक्षाहरुको पाठ्यक्रम थप्दै जाने एनसेलले जनाएको छ ।
विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट विभिन्न विषयहरु जस्तै अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामग्री तथा पाठहरुमा सहजै पहुँच प्राप्त गर्न सक्छन् ।
अडियो क्लासको लागि हाल ३ दिनको र ७ दिनको गरी दुई वटा विकल्पहरु रहेका छन् । ३ दिनको प्याकमा विद्यार्थीले कर सहित७ रुपैयाँमा ५० मिनेटको अडियो क्लासको सेवालिन सक्छन् । त्यस्तै ग्राहकले ७ दिनको प्याकमा कर सहित १४ रुपैयाँमा १०० मिनेटको अडियो क्लासको सेवा बाट फाइदा लिन सक्ने एनसेलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्