प्रविधि फर्मको सेयर मूल्य १,१०० प्रतिशतले वृद्धि

वासिङटन-टेस्लाका सीईओको सुझाव अनुसार असम्बन्धित फर्ममा लगानी गर्दा पनि दुई दिनकै अवधिमा प्रविधि फर्मको सेयरमा मूल्यमा १,१०० प्रतिशतको वृद्धि भएको छ । उनकै सुझाव अनुसारनै लगानी गर्दा उनका प्रशंशकहरुले लाखौ–करोडौ कमाएका छन् ।
इलोन मस्क हाल विश्वकै धनी व्यक्तिमा उक्लिएका छन् । उनले साना मेसेजिङ एपमा लगानी बढाउन आग्रह गरेका थिए । ह्वाट्सएपले उसका प्रयोगकर्तालाई उनीहरुको व्यक्तिगत डाटा फेसबुकसँग सेयर गर्न आग्रह गरेपछि उनले सिंग्नल भनिने साना मेसेजिङ एपमा लगानी गर्न आग्रह गरेका थिए ।
उस्तै नाम भएको सिग्नल एडभान्स कारोबार गर्ने फर्मले उदीयमान प्रविधिहरुको एपको विकासमा जोड दिएको थियो । यी कम्पनीहरुको सेयर झन्डै पाँच वर्षको अवधिमा १ डलर भन्दा पनि तलमा कारोबार भइरहेको थियो ।
कम्पनीको सेयर बिहीबार ६० सेन्टमा मात्रै कारोबार सुरु भएको थियो । तर, मस्कको ट्वीटले लगानीकर्ताको रुची यसमा बढेको थियो । दिनको अन्त्यमा कम्पनीको सेयरमा ५३० प्रतिशतले वृद्धि भएको थियो । शुक्रबार यसमा झनै ९० प्रतिशतले वृद्धि भएको थियो । २ दिनमानै सेयर ६० सेन्टबाट ७.१९ डवर पुगेको थियो ।
सेयर मूल्यमा यो वृद्धि सहित कम्पनीको बजार पुँजीकरण ५ करोड डलरबाट झन्डै ६६ करोड डलर पुगेको थियो ।