नेपाली पासपोर्ट उत्तर कोरियालीभन्दा पनि कमजोर «

नेपाली पासपोर्ट उत्तर कोरियालीभन्दा पनि कमजोर

नेपालको पासपोर्ट उत्तर कोरियको भन्दा पनि कमजोर भएको एक रिपोर्टले जनाएको छ ।
हेनली पासपोर्ट इन्डेक्सले जारी गरेको सूची अनुसार नेपालको पासपोर्ट विश्वमै छैटौ कमजोर पनि हो । सूची अनुसार १०९ औं स्थानसम्म निर्धारण गरिएकोमा नेपाल लिबिया र प्यालेस्टाइन सहित १०४ औं स्थानमा परेको छ उत्तर कोरिया १०३औं स्थानमा रहेको छ । नेपालको पासपोर्ट बोकेर अन–अराइभल भिषाका आधारमा ३८ मुलुकमा आवत–जावत गर्न पाइन्छ भने उत्तर कोरियाको पासपोर्टबाट ३९ मुलुकमम अन–अराइभल भिषाका आधारमा आवत–जावत गर्न पाइन्छ । सबै भन्दा कमजोर अफगानिस्तान रहेको छ । अफगानिस्तानको पासपोर्ट बोकेर जम्मा २६ मुलुकमा मात्रै अन–अराइभल भिषाका आधारमा आवत–जावत गर्न पाइन्छ ।
जापानको पासपोर्ट विश्वकै शक्तिशाली छ । जापानको पासपोर्ट बोकेर अन–अराइभल भिषाका आधारमा १९१ मुलुक घुमफिर गर्न पाइन्छ । त्यसपछि सिंगापुरको रहेको छ । यसको पासपोर्टबाट १९० मुलुक घुम्न पाइन्छ । यस वर्ष कोरोना महामारीका कराण अमेरिका बढी प्रभावित भएकाले अमेरिकी पासपोर्ट कमजोर भएको छ । अमेरिकी पासपोर्ट सातौ सबल देखिएको छ । यो मुलुककको पासपोर्टबाट १८५ मुलुक घुम्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्