कर बुझाउने म्याद थप्न परिसंघको माग «

कर बुझाउने म्याद थप्न परिसंघको माग


नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत्र मसान्तसम्म थप गर्न माग गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुसँग छलफल गरी म्याद थपको माग गरेका हुन् ।
वितग वर्षहरुमा उद्योगी व्यवसायीहरुले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने कार्य सरकारले तोकेको समय सीमाभित्रै गरिरहेको बताउँदै आर्थिक वर्ष २०७६÷०७७ देखिनै कोभिडको कारण उद्योग व्यवसायहरु प्रभावित भएकाले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद थप गर्नुको विकल्प नरहेको बताए ।
कोभिडको कारण कतिपय उद्योग व्यवसायहरु खुल्ने अवस्थामा नरहेको र अहिले उद्योग व्यवसायले सञ्चालनको गति लिइरहेको परिप्रेक्ष्यमा कतिपय उद्योगी व्यवसायीहरुले लेखा परीक्षणसमेत गर्न नसकेको अवस्थालाई मध्यनजगर गरी चैत मसान्तसम्म म्याद थप गरे उद्योगी व्यसायीलाई सहज हुने उनले बताए ।
कतिपय उद्योग एवं व्यवसायमा समयमै आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने परिस्थिति नहुँदा उद्योगी व्यवसायीले थप शुल्क तथा जरिवाना तिर्नु पर्ने भएकाले सरकारले समयमै म्याद थप गरी समस्याको समाधान गर्न सरकारसँग माग गरे ।
कोभिडको प्रभावबाट प्रभावित व्यवसायीले समय थप भएसँगै सहजरुपमा आयकर विवरण बुझाउन र कम्पनी अद्यावधिक गरी सरकारको राजस्व संकलनको लक्ष्यमा सघाउ पु¥याउन परिसंघ प्रतिवद्ध रहेको अध्यक्ष मोरले बताए । विद्यमान आयकर ऐनमा भएको व्यवस्थाअनुसार चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ भने कम्पनी ऐनमा व्यवस्था भएअनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्तसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्