गोल्डस्टारको पोखरामा पुनः अर्को सोरुम सञ्चालनमा «

गोल्डस्टारको पोखरामा पुनः अर्को सोरुम सञ्चालनमा

दुई युवाको थप ४० लाख लगानी, उद्घाटनको अवसरमा १५ प्रतिशत छुट
पुरानो पुस्तादेखि लोकप्रिय ब्राण्ड गोल्डस्टरको आधिकारीक सोरुम पोखरामा पुनः अर्को सोरुम सञ्चालनमा आएकोे छ । पोखरा क्षेत्रमा आम उपभोक्ताहरको मागअनुसार दुई वर्षदेखि पोखराको सिद्धार्थचोकबाट सञ्चालनमा आएको सोरुमको अनुभवले गर्दा पोखराको पृथ्वीचोकमा अर्को सोरुम हालै सञ्चालनमा आएको सञ्चालक मध्यका एक राजन केसीले बताए ।
दोस्रो सोरुम उद्घाटनको अवसरमा यही पुस २६ देखि २८ गतेसम्म गोल्डस्टार जुक्ता खरिदमा १५ प्रतिशत छुट हुने भएको आज (बिहीबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । युवा व्यवसायी स्वस्तिका केसी र राजन केसीको संयुक्त लगानीमा नेपाली उत्पादन उक्त जुक्ताको आधिकारीक दोस्रो सोरुमको यही पुस २६ गते नायिका बर्षा राउतबाट उद्घाटन गरीने तयारी गरिएको सञ्चालक राजन केसीले जनाए । एक पटक आएका ग्राहकहरू पुनः आएकोले गर्दा आफूहरूको व्यापारसमेत बढेको उनले जनाए ।
३ सय ५० भन्दा बढी प्रकारका जुक्ता आफ्नो सोरुममा उपलब्ध भएको दाबी गरेका राजनले नेपाली उत्पादनलाई प्रबद्र्धन गरौं भनेर पोखरामै अर्को सोरुममा लगानी बढाएको बताए । पोखरामा थप शाखा विस्तार गर्दा हाल करिब ४० लाख लगानी भएको राजनले बताए । सामान्यतयाः ३ सय ५० देखि २ हजार ५ सय मुल्य पर्ने विभिन्न साइज र रंगमा गोल्डस्टार जुत्ता सोरुममा उपलब्ध हुने भएको सञ्चालक स्वस्तिका केसीले जनाइन् ।

प्रतिक्रिया दिनुहोस्