पूर्वाधार बैंकको आइपिओ माघ २ गतेदेखि खुल्ने «

पूर्वाधार बैंकको आइपिओ माघ २ गतेदेखि खुल्ने

पूर्वाधार विकास बैंककोे प्राथमिक सेयर (आइपिओ) माघ २ गतेदेखि निश्कासन हुने भएको छ । आइपिओ निश्कासनका लागि एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
बैंकले प्रतिकित्ता अंकित मूल्य १ सयका दरले ८ करोड कित्ता सेयर जारी गर्न लागेको छ । सोमध्ये कर्मचारीका लागि १ लाख ६० हजार कित्ता र सामुहिक लगानी कोषका लागि ४० लाख कित्ता छुट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बाँडफाँड हुनेछ ।
बैंकले जारी गर्ने प्राथमिक सेयर अहिलेसम्मकै ठूलो परिमाणको हो । माघ २ गतेदेखि छिटोमा ६ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा आवेदन नपरेमा मात्र १६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको चुक्ता पुँजी २० अर्ब छ ।

प्रतिक्रिया दिनुहोस्