हिरोको स्कुटर र मोटरसाइकल महँगिने «

हिरोको स्कुटर र मोटरसाइकल महँगिने

नयाँ दिल्ली-भारतका अटो निर्माताहरुले गत वर्षनै आपूmले उत्पादन गरेका सवारी साधनको मूल्य बढ्ने घोषणा गरिसकेका थिए । उनीहरुले २०२१ को १ जनवरीदेखिनै सवारी साधनको मूल्य बढ्ने बताएका थिए । हुन्डाइले पहिलेनै नयाँ मूल्य सूची जारी गरिसकेको जारी गरिसकेको छ । अब हिरोले पनि स्कुटर र मोटरसाइकलको नयाँ मूल्य सूची जारी गरिसकेको छ । नयाँ मूल्य सूची अनुसार गाडीको मूल्य १९०० रुपैयाँसम्म महँगो हुने छ ।
उत्पादन लागत समेत बढेकाले सवारी साधनहरुको मूल्य बढ्ने कम्पनीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्