भारतमा पेट्रोल–डिजेलको भाउ बढ्यो «

भारतमा पेट्रोल–डिजेलको भाउ बढ्यो

नयाँ दिल्ली-भारतमा पेट्रोल डिजेलको भाउ बढेको छ । बिहीबार मूल्य प्रति लीटर ८४.२० भारु कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार मूल्यमा २३ पैसाले वृद्धि भएको हो । डिजेलको मूल्यमा पनि २६ पैसा प्रती लीटर वृद्धि भएको छ ।
तर, मूल्य भारतका सहर अनुसार फरक–फरक छ । दिल्लीमा प्रति लीटर (पेट्रोल) ८४.२० भारु र डिजेल ७४.३८ भारु रहेको छ । दिल्लीपछिको अर्को ठूलो सहर मुम्बईमा प्रति लीटर (पेट्रोल) ९०.८३ भारु र (डिजेल) ८१.०७ भारु कायम भएको छ । यसैगरी चेन्नोइमा क्रमशः ८६.९६ भारु र ७९.७२ भारु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्