सेयर बजारमा नयाँ रेकर्ड «

सेयर बजारमा नयाँ रेकर्ड


सेयर बजारमा दुई दिनयता लगातार दोहोरो अंकको उछाल आएको छ । बुधबार १३.०७ अंकले बढेको सेयर बजार मापन गर्ने नेप्से परिसूचक साताको अन्तिम करोबार दिन पनि १५.९१ अंकले बढेको हो । यो साता उतारचढावपूर्ण रहेको सेयर बजारमा दुई दिनयता लगातार दोहोरो अंकको उछाल आएसँगै नेप्से परिसूचक २१९५.४८ अंकमा उक्लिएको छ ।
नेप्से परिसूचक करिब २२ सय अंक नजिक पुगेको दिन करोबार रकम समेत बढेको छ । बिहीबार २०८ कम्पनीका १ करोड १७ लाख ६७ हजार कित्ता सेयर ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । अघिल्लो दिन ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
कारोबार भएकामध्ये १ सय १२ कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । अधिक दरले मूल्य बढ्नेमा मल्टिपर्पोज फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलोपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बिहीबार ४७ कम्पनीको मूल्य घटेको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा प्रभु बैंक अग्रस्थिानमा रहेको छ ।
बैंकको ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल पुनर्बिमा कम्पनीको २७ करोड, चिलिमे हाइड्रोपवारको २४ करोड, नेपाल लाइफको २३ करोड र एनआइसी एसिया बैंकको २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्