ग्लोबल आइएमई बैंकको स्मार्ट क्यासब्याक योजना «

ग्लोबल आइएमई बैंकको स्मार्ट क्यासब्याक योजना

ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु लक्षित गरी क्यास ब्याक योजना ल्याएको छ ।
बैंकको मोबाइल बैकिङ÷ग्लोबल स्र्माट सेवा लिइ हालसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्र्माट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा (वालेट लोड तथामोबाइल टपअप बाहेक) ५० रुपैयाँ र क्यूआरमार्फतको पहिलो भुक्तानीमा एक सय रुपैरयाँ नगद प्राप्त गर्ने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी यस्ता विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ सेवा, २४ एक्सटेन्सन काउण्टर, एक सिडीएस क्लियरिङ काउण्टरसहित, २३ राजस्व कलेक्सन काउण्टर तथा ३ बैदेशिक प्रतिनिधि÷सम्पर्क कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट आफ्ना ग्राहक तथा सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्