कर्णाली नदीमा -याफ्टिङ अभाव «

कर्णाली नदीमा -याफ्टिङ अभाव

धनगढी-जिल्ला समन्वय समिति कैलालीले कर्णाली नदीमा जलयात्राको अभियान सुरुवात गरेता पनि -याफ्टिङ अभावका कारण अधिकांश पर्यटकहरू फर्किने गरेका छन् । नदीमा पर्यटकलाई जलयात्राका लागि पर्याप्त -याफ्टिङ बोड नहुदा पर्यटकहरू फर्कने गरेका हुन् । जिल्ला समन्वय समिती कैलालीले सुदूरपश्चिम प्रदेशमा पर्यटन, प्रवद्र्धन र आर्थिक समृद्धिका लागि कैलाली भ्रमण वर्ष–२०७५ बैशाख १८ गतेदेखि सुरुवात गरेको छ । पर्यटन प्रवद्र्धनका लागि जिल्ला समन्वय समिति कैलालीले भ्रमण वर्ष सुरु गरेपनि कर्णाली नदीमा जलयात्राका लागि -याफ्टिङ पर्याप्त मात्राले नहुदा आम्दानीको स्रोत गुम्ने सम्भावना देखिएको छ ।
मुलुककै लामो नदीका रूपमा परिचित कैलालीको कर्णाली नदीमा जलयात्राका लागि देश विदेशका पर्यटकहरू आउने गरेका छन् तर नदीमा -याफ्टिङ अभाव कारण फर्कने गरेको स्थानिय वीरबहादुर सार्कीले बताए । उनले–कर्णाली क्षेत्र वातावरणको हिसाबले एकदमै रमाइलो छ । पर्यटनको हिसाबले एकदमै राम्रो ठाउँ हो । जलयात्राका लागि उपयुक्त ठाउँ छ, तर जलयात्राका लागि -याफ्टिङ नहुँदा पर्यटकहरू खिन्नता हुने गरेको छ । कर्णालीमा हाल नीजी क्षेत्रका लगानीकर्ताहरूले जलयात्राका लागि १६ वटा -याफ्टिङ सञ्चालनमा ल्याएका छन् । तर, ती -याफ्टिङ पर्यटकहरूको लागि अप्र्यात हुने गरेको छ ।
दैनिक कर्णाली नदीमा पर्यटकको घुइँचो बढेपछि १६ वटा -याफ्टिङले धान्नै गाह्र्रो भएको छ । कर्णाली नदीमा टीकापुरदेखि लिएर सेतीको दोभानसम्म पु¥याउने लक्ष्य लिएका छौं । यसका लागि निजी क्षेत्रलाई नै सुम्पिने तयारी गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापले बताए । हाल -याफ्टिङहरू चिसापानीदेखि सोल्टासम्म सञ्चालनमा ल्याएका छौं । आगामी दिनमा ५० वटा -याफ्टिङ अझै थप्ने लक्ष्य लिएका छौं ।
जिल्ला समन्वय समितिले कर्णाली नदीमा जलयात्राका लागि आगामी फागुनदेखि १ सय १ -याफ्टिङ कार्यक्रम ल्याउने तयारीमा रहेको छ । कर्णाली नदीमा टीकापुरदेखि सेतीसम्म जलयात्रा सुरुवात गर्ने होे भने -याफ्टिङ, रक्ल्यामिङको लागि ५ लाख रुपैयाँ छुट्याएको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नंं ५ लाई समेत आम्दानीको स्रोत बन्ने छ । सुदूरपश्चिम प्रदेशको प्रदेश सरकारले समेत पर्यटन, प्रवद्र्धनका लागि चालू आवमा २३ करोड ८२ लाख रकम समेत विनियोजिन गरेको छ । जसमा साहसी पर्यटन कार्यान्वयन अर्थात रक्यालमिङका लागि ५ लाख रुपैयाँ छुट्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्