Logo

ज्याक माले ढाटे, उनी हराएकै छैनन्

बेइजिङ-केही दिनयतादेखि अलिबाबाका संस्थापक तथा चीनका चौथो धनाढ्य व्यक्ति ज्याक मा २ महिनादेखि हराइरहेको हल्लाको समाचार संचार माध्यमबाट आइरहेका छन् ।
तर, सीएनबीसीका डेभिड फेबरका अनुसार उनी हराएकै छैनन् । यसको विपरित माले ढाटेको फेबरले बताएका छन् ।
चीनको वित्तीय नियामकको आलोचना गरेको मञ्चबाट उनी अक्टोबरको अन्त्यदेखि हराइरहेको समाचार गत साता मात्रै वाल स्ट्रिट लगायतका संचार माध्यमले संप्रेषण गरेका थिए ।
यसको लगत्तै उनको एन्ट ग्रुपले सांघाई र हङकङमा गर्ने भनिएको कीर्तिमानी आईपीओ रद्ध भएको थियो ।
मा र एन्ट ग्रुपका दुई कार्यकारीलाई नियामकहरुले सोधपुछ समेत गरेको चाइना सेक्यूरिटिज रेगुलारिटी कमिशनले.नोभेम्बरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्