नर्वेमा पहिलो पटक विद्युतीय सवारीको बिक्री पेट्रोल–डिजेलको भन्दा बढी «

नर्वेमा पहिलो पटक विद्युतीय सवारीको बिक्री पेट्रोल–डिजेलको भन्दा बढी

ओश्लो-नर्वेमा पहिलो पटक विद्युतीय सवारीको बिक्री पेट्रोल–डिजेलको भन्दा बढी भएको छ । यी सवारीको बिक्री देशमा बिक्री भएका सबै नयाँ सवारी भन्दा ५० प्रतिशत भन्दा बढी रहेको नर्वेजियन रोड फेडरेशन (ओएफभी) ले जनाएको छ ।
२०२० मा दर्ता भएका सबै नयाँ सवारीहरुमध्ये ५४.३ प्रतिशत हिस्सा विद्युतीय सवारीका रहेका छन् । यो विश्वकै बढी हो । अघिल्लो वर्ष केवल ४२.४ प्रतिशत मात्रै विद्युतीय सवारी बिक्री भएका थिए ।
२०२५ देखि सबै विद्युतीय कार मात्रै बिक्री गरेर नर्वे नर्डिक मुलुकहरु मध्येकै पहिलो पेट्रोल–डिजेल कार अन्त्य गर्ने मुलुक हुने प्रयासमा रहेको छ ।
विश्वका तेल उत्पादक राष्ट्रहरुमा २० औं स्थानमा पर्ने भएपनि नर्वेले विद्युतीय सवारीलाई प्राथमिकतामा राख्न लागेको छ ।
यो मुलुकले घरेलू वहानमा विद्युतीय सवारीलाई प्रोत्साहित गर्नका लागि ठूलो सहुलियत पनि दिँदै आएको छ ।
यस किसिमका सहुलियतहरुमा खरिद र आयात कर, सडक करका साथै पार्किङमा पनि भारी छुट हुनेछन् ।
विद्युतीय सवारीको खरिद बढाउने प्रयासमा नर्वे सरकारले आवश्यक पूर्वाधारको विकासमा लगानी समेत गरेको छ । यसमा देशका प्रत्येक प्रमुख सडकहरुमा प्रत्येक ३० माइलको दुरीमा छिटो चार्ज हुने स्टेशन पनि रहेको छ ।
नर्वेले पेट्रोल संचालिन कारहरुमा करको बोझ समेत बढाएको छ । यसले पनि विद्युतीय कारको प्रयोग र बिक्री बढ्ने सम्भावना बढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्