वाइनबाट चल्छ प्रिन्स चाल्र्सको कार, खाना पकाउने तेलबाट चल्छ महारानीको शाही रेल «

वाइनबाट चल्छ प्रिन्स चाल्र्सको कार, खाना पकाउने तेलबाट चल्छ महारानीको शाही रेल

लन्डन-प्रदुषण कम गर्नका लागि विश्वमा पछिल्लो समयमा विद्युतीय कारको प्रयोगमाथि अभियाननै सुरु भएको छ । डिजेल पेट्रोलका कारबाट विश्वका विभिन्न सहरहरु व्यापक मात्रामा प्रदूषित हुदै आएका छन् । तर बेलायतको शाही परिवारले भने धेरै पहिलेदेखिनै आफ्नो सवारी डिजेल पेट्रोलको सट्टा अर्कै इन्धनले चलाउदै आएको छ ।
बेलायतकी महारानी एलिजाबेथ द्वितियका छोरा राजकुमार चाल्र्सको ५० वर्ष पुराना कार पेट्रोल, डिजल तथा ग्यासको सट्टा बेलायकै प्रख्याती कमाएको सेतो वाइनबाट चल्दै आएको छ । चाल्र्स विलाशी कारका जति शोखिन छन् । उनको पर्यावरणप्रतिको मोह पनि त्यत्तिकै छ । यसै कारणले उनले आफ्नो एस्टन मार्टिन कारमा विशेष किसिमबाट परिवर्तन गरेका छन् । उनले आफ्नो कार वाइनबाट चलाउनका लागि र प्रदूषण कमक गर्नका लागि यसो गरेका हुन् ।
पर्यावरण संरक्षणसँग जोडिएको विषयमा गंभिर रहदै आएका चाल्र्सले आफ्नो कार मात्रै होइनकी राजघरानाको शाही रेललाई पनि वातारण मैत्री बनाएका छन् । उनको शाही रेल चलाउन खाना पकाउने तेलको प्रयोग गरिदै आएको छ । आज राजकुमार चाल्र्सको ७० औं जन्मदिन हो । यो अवसरमा बनेको एक डकुमेन्ट्रीमा उनले कार र रेलमा गरिएको यो प्रयोगको बारेमा खुलासा गरेका हुन् ।
महारानीले राजकुमार चाल्र्सलाई १९६९ मा उनको २१ औं जन्मदिनको अवसरमा विलाशी कार कम्पनी एस्टन मार्टिनको डीबी–५ भोलान्त मोडल उपहारमा दिएकि थिइन् । यो कार राजकुमार अझै पनि चलाउदै आएका छन् । विश्वमा जब जैविक इन्धन प्रविधि आयो यसले आपूmलाई ध्यानकर्षण गरेको उनले बताए । २००८ मा आपूmले एस्टन मार्टिनका इन्जिनियरलाई आफ्नो कार पूर्ण रुपमा जैविक इन्धन (बायोफ्यूल) बाट चल्ने बनाउनका लागि आग्रह गरे ।
तर इन्जिनियरहरुले बायोफ्यूलबाट चालउने बनाउदा कार खराब हुन सक्ने सुझाव राजकुमारलाई दिए । सोही समयमा उनले यदी त्यसो हो भने उनले कारनै नचलाउने बताए ।
त्यसपछि इन्जिनियरहरुले सेतो वाइनबाट यसलाई चलाउन सकिने प्रविधिको विकास गरे ।
तर वाइनको बोलत कारको पेट्राृल ट्यांकमा हाल्दैमा कार चल्ने पक्कै पनि होइन । एस्टन मार्टिनका इन्जिनियरका अनुसार राजकुमार चाल्र्सको यो कारमा विशेष किसिमको मिश्रण भएको ई–८५ इन्धनबाट चल्ने गरेको छ । यो इन्धनमा ८५ प्रतिशत ह्वाइट वाइन र १५ प्रतिशत पेट्रोल हुन्छ । यो विशेष किसिमको इन्धनलाई बायोएथनल पनि भनिन्छ ।

खान पकाउने तेलबाट चल्छ शाही घरानाको रेल
राजकुमार चाल्र्सले आफ्नो कारभन्दा पहिले राजघरानाको शाही रेल रोयल सोभरिनलाई वातावरण मैत्री बनाइसकेका छन् । यो रेलबाट हुने प्रदूषण घटाउनका लागि चाल्र्सले धेरै मेहेनत गरेका छन् । सत प्रतिशत बायोफ्यूलबाट चल्ने यो रेलमा खान पकाएपछि बाँकि रहेको तेलको प्रयोग गर्ने गरिएको छ । बायोफ्यूलको प्रयोगबाट यो रेलबाट हुने कार्बन उत्सर्जनमा २० प्रतिशतसम्मको कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्