Logo

सीएनएनद्वारा ट्रम्प बिरुद्ध मुद्धा

वासिङटन-अमेरिकी टेलिभिजन प्रशारक सीएनएनले ह्वाइट हाउसले आफ्ना वरिष्ठ पत्रकार जिम एकोस्टाको मान्यता रद्द गरेकोमा ट्रम्प प्रशासन बिरुद्ध मुद्धा दायर गरेको छ ।
जिम एकोस्टा ह्वाइट हाउसमा सीएनएनको प्रमुख संवाददाता थिए । गत साता अमेरिकी राष्ट्रपतिसँग भएको बहसपछि उनको प्रेस अनुमती पत्र फिर्ता लिइएको थियो ।
सीएनएनले यो एकोस्टाको संवैधानिक अधिकारको उल्लंघन भएको आरोप लगाएको छ ।
यो मुद्धा मंगलबार वासिङटनमा दायर गरिएको थियो । यसमा राष्ट्रपति ट्रम्प र उनका अर्का सहयोगीलाई प्रतिवादी बनाइएको छ ।
यी अधिकारीमा चिफ अफ स्टाफ जोन केली तथा ह्वाइट हाउसका प्रेस सचिव सारा स्यान्डर्स रहेका छन् ।
सारा स्यान्डर्सले एकोस्टाको पास रद्द गर्नुका कारण उनको अस्वीकार्य आचरण भएको बताएको बीबीसीले जनाएको छ । यद्यपि यस किसिमको घटना पहिलो भने होइन ।
उनले भनेकि छन्,“यदी कोही रिपोर्टर यो किसिमबाट व्यवहार गर्छ भने ह्वाइट हाउसले व्यवस्थित र निष्पक्ष प्रेस कन्फिरेन्स गर्न सक्दैन । यो व्यवसायिक मर्यादाका लागि सही होइन ।”
उनले ट्वीट गर्दै एकोस्टमाथि आफ्नो काम गरिरहेकी एक महिला जबर्जस्ती हातले रोकेको आरोप पनि लगाएकि छन् ।

प्रतिक्रिया दिनुहोस्