सन् २०२० लाई आर्थिक दृष्टिले फर्केर हेर्दा «

सन् २०२० लाई आर्थिक दृष्टिले फर्केर हेर्दा

सन् १८७० पछिको यो ठूलो मन्दी भएको छ भने द्वितीय विश्वयुद्धपछिको सबैभन्दा ठूलो आर्थिक समस्या विश्वले भोग्न बाध्य भएको छ ।

स्वास्थ्य महामारीका रूपमा देखा परेको कोभिड–१९ ले विश्व अर्थव्यवस्थालाई अस्थिर र धराशायी मात्र गरेको होइन कि समुदायहरूलाई क्षतविक्षत पार्नुका साथै करिब ४ अर्ब मानिसलाई घरभित्र थुनिन बाध्य पा-यो । यो रोगको संक्रमणबाट बच्न चीनले वुहानमा अपनाएको लकडाउनको मोडालिटी विश्वभर अंगीकार गरेपछि यसले सम्पूर्ण आर्थिक क्रियाकलापहरूमा सुस्तता ल्याई विश्व नै गहिरो आर्थिक मन्दीमा फसेको छ । यसले आर्थिक वृद्धिको दरलाई घटायो, लाखौंका श्रमिकहरूले रोजगारी गुमाए र गरिबीको मात्रा बढाउन सहयोग ग-यो । सन् १८७० पछिको यो ठूलो मन्दी भएको छ भने द्वितीय विश्वयुद्धपछिको सबैभन्दा ठूलो आर्थिक समस्या विश्वले भोग्न बाध्य भएको छ । सन् २००९ मा देखा परेको वित्तीय संकटले भन्दा यसले चारगुणा बढी विश्व अर्थव्यवस्थालाई नकारात्मक असर गरेको अनुमान गरिएको छ र यसको असर सन् १९२९ देखि १९३३ सम्म अमेरिकामा देखा परी विश्वलाई नै असर गरेको महामन्दीको असरभन्दा यसको असर अरू बढी हुने अनुमान गर्न थालिएको छ । समग्र आर्थिक परिसूचकहरूका आधारमा सन् २०२० निकै निराशाको वर्ष साबित हुन पुग्यो ।
सन् २०१९ मा करिब १ सय ४२ ट्रिलियन अमेरिकी डलरबराबरको विश्वको कुल गार्हस्थ्य उत्पादन पुगेकोमा विश्व बैंकले यो महामारीले गर्दा विश्व अर्थव्यवस्थामा ५.२ प्रतिशतले -हास आउने अनुमान गरेको छ, जबकि अन्तर्राष्ट्रिय मुद्राकोषले यो संकुचनको मात्रा ४.४ प्रतिशत अनुमान गरेको छ । विश्वको दोस्रो ठूलो अर्थव्यवस्था चीन बाहेक अरू ठूला अर्थव्यवस्थाहरूको जीडीपीमा यो वर्ष कमी आउने भएको छ । अमेरिकाको आर्थिक विश्लेषण विभागले कोभिडका कारणले सन् २०१९ को विश्व जीडीपीको झन्डै १० प्रतिशत नोक्सान हुने अनुमान गरेको छ । भारतको अर्थव्यवस्थामा गत वर्ष १० प्रतिशतले गिरावट आउने अनुमान गरेजस्तै अमेरिका, बेलायत र अस्ट्रेलियाका अर्थ व्यवस्थाहरू पनि संकुचन हुने भएको छ । युरोप र अमेरिकामा दोस्रो लहरको संक्रमणले यो संकुचनलाई अरू बढाउने आशंका गरिएको छ । यो वर्ष दक्षिण एसियाका अर्थ व्यवस्थाहरू २.७ प्रतिशतले संकुचन हुने अनुमान गरिएको छ भने नेपालको अर्थव्यवस्थाचाहिँ १ प्रतिशतले संकुचन हुने अनुमान गरिएको छ ।
लकडाउनका कारणले विश्वमा समग्र मागमा आएको कमीले विश्व व्यापारको मात्रा २० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । सन् २०१९ मा विश्व व्यापारको मात्रा १८ ट्रिलियन अमेरिकी डलर पुगेकोमा कोभिड संक्रमणको कारणले सन् २०१९ को स्तरमा अन्तर्राष्ट्रिय व्यापार पुग्न अर्को तीन वर्ष पूरै लाग्ने अनुमान गरिएको छ । यो संकटले विश्व व्यापारको मानचित्र नै पुनः कोर्नुपर्ने अवस्था सिर्जना गरेको छ, किनभने यसले ग्लोबल म्यानुफ्याक्चरिङ र पूर्तिको सिक्रीलाई संकटमा पारेको छ । विश्व व्यापार संगठनले यो वर्ष वस्तुको व्यापारमा ९ प्रतिशतले कमी आउने प्रेक्षपण गरिसकेको छ । अमेरिका र चीनबीचको व्यापारयुद्धले गर्दा पनि सन् २०२० मा अन्तर्राष्ट्रिय व्यापारको मात्रा घट्न गयो । सन् १९३० को महामन्दीपछि अन्तर्राष्ट्रिय व्यापारमा सन् २०२० मा पहिलोपल्ट सबैभन्दा धेरै गिरावट आएको छ ।
सन् १९९० मा विश्व व्यापार र विश्व जीडीपीको अनुपात ०.३९ प्रतिशत रहेकोमा खास गरेर सन् २००० को दशकमा भूमण्डलीकरण, उदारीकरणजस्ता बाह्य क्षेत्र हेर्ने नीतिहरू अवलम्बन गरेर चीन, भारत, भियतनाम र अरू देशहरूले जुन आर्थिक वृद्धि हासिल गरेका छन् त्यसले सन् २०१८ मा आएर यो अनुपात ०.५८ प्रतिशत पुगेको थियो ।
कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्न विकसित देशहरूका साथै अविकसित देशहरूले समेत राहत प्याकेजका घोषणाहरू गर्नुप-यो, जसले सरकारी कोषहरूमा सरकारहरूलाई ऋणको भार सन् २०२० मा अनपेक्षित रूपमा वृद्धि हुन गएको छ । ग्लोबल डेब्ट मोनिटर रिपोर्टअनुसार विश्वमा सार्वजनिक ऋणको मात्रा वृद्धि भएर सन् २०२० मा २ सय २० ट्रिलियन डलर पुगेको छ, जुन विश्वको जीडीपीभन्दा झन्डै दुइ गुणाले बढी छ । अन्तर्राष्ट्रिय मुद्राकोषले जी–२० का देशहरूले घोषणा गरेको राहत प्याकेजहरू औसतमा जीडीपीको १२.१ प्रतिशत पुगेको अनुमान गरेको छ । अफ्रिकाका धेरै देशहरूले त ऋणको साँवा तिर्नेभन्दा ब्याज समयमा तिर्नै नसक्ने भएका छन् । सन् २०२० मा एकातिर १९९० पछि सोभियत रूसले आफ्ना सम्बद्ध देशहरूको ऋण माफी गरेका घटनालाई दोहो-याउनुपर्ने आवश्यकता देखायो भने अर्कातिर विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा विश्वका अविकसित देशहरूमा वैदेशिक ऋण उपलब्ध गराउने कार्यमा चीनको जुन भूमिका देखा प-यो त्यसले चीनलाई पेरिस क्लबमा समावेश गर्नुपर्ने आवश्यकता पनि देखियो ।
यदि एसिया र अफ्रिकाका विकासोन्मुख देशहरूको सरकारी ऋणलाई सम्बोधन नगर्ने हो भने कोभिडपश्चात्को आर्थिक पुनरुत्थानको कुरा त छोडौंै, केही देशहरू भ्याक्सिन किन्न पनि सक्ने अवस्थामा हुँदैन । यसले गर्दा विश्वव्यापी रूपमा कोभिड उन्मूलन गर्ने महान् लक्ष्यमै प्रतिकूल अर पर्ने देखिन्छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषहरूले यस्ता देशहरूको ऋणको ब्याज र साँवा तिर्ने तालिकाहरू नै परिवर्तन गरेका छन् ।
दशकांैको आर्थिक वृद्धि हासिल गरी धेरै जनतालाई भारत तथा चीनजस्ता देशहरूले गरिबीको पासोबाट बाहिर ल्याएको थियो । कोभिड–१९ का कारणले विकसित देशहरूमा सापेक्षिक गरिबीको मात्रा बढेको छ भने अविकसित देशहरूमा निरपेक्ष गरिबीको मात्रा बढेको छ, जुन २०२० को उपहारका रूपमा लिनुपर्ने हुन्छ । अनौपचारिक अर्थव्यवस्थाका बाहुल्यता, मध्यम तथा साना उद्योग र व्यवसायहरूको उत्पादन र रोजगारीमा भएको बढोत्तरी योगदान र वस्तु निर्यातबाट आय गर्नुपर्ने देशहरूमा कोभिडले यी सबै क्षेत्रहरूलाई धराशायी पारेको हुनाले गरिबीको मात्रा सन् २०२० मा अरू वर्षहरूको तुलनामा बढी दरले बढेको छ । चीनले समयमै रोग नियन्त्रण गर्न सफलता प्राप्त ग¥यो, तर धेरै जनसंख्या भएका भारतजस्ता देशहरूमा यसको प्रभाव स्पष्ट रूपमा देख्न सकिन्छ । सन् २०२० मा मात्रै विश्व बैंकले भारतमा १५ करोड मानिसहरू निरपेक्ष गरिबीको रेखामुनि धकेलिने चेतावनी दिइसकेको छ । कोभिडका कारणले बालिकाहरूले विद्यालय जान छोडेको, बालिकाहरूको छिटो बिहे गरिदिने र कमजोर घरायसी अवस्थालाई समर्थन गर्न बालश्रमको बढोत्तरीले धेरै सरकारहरूलाई गरिबी निर्मूल गर्ने कार्यलाई सन् २०२० ले अरू कठिन बनाइदिएको छ ।
कोभिड संक्रमणले गर्दा विश्वभरि नै प्रत्यक्ष लगानीको मात्रामा सन् २०२० मा निकै संकुचन आएको छ । विश्वमा २०१९ मा प्रत्यक्ष वैदेशिक लगानीको मात्रा १.५ ट्रिलियन डलर पुगेकोमा विश्वमा आर्थिक क्रियाकलापमा जुन संकुचन आएको छ, त्यसले गर्दा सन् २००९ मा देखा परेको वित्तीय संकटको बेलामा जस्तै सन् २०२० मा प्रत्यक्ष वैदेशिक लगानीको मात्रा घटेको छ, जसले उदीयमान अर्थव्यवस्थाहरूलाई धक्का पु¥याउने देखिन्छ । कोभिड–१९ ले थला परेको यस्ता देशहरूको अर्थव्यवस्थालाई यसले अरू नकारात्मक प्रभाव पार्ने भएको छ । ओईसीडीका अनुसार यो वर्ष प्रत्यक्ष वैदेशिक लगानीमा ३० प्रतिशतले कमी आउनेछ र विकासोन्मुख देशहरूमा हुने प्रवाह अरू घट्नेछ । यस्ता देशहरूमा निजी क्षेत्रबाट हुने वित्तीय प्रवाहमा करिब ७ सय बिलियन डलरले कमी आउने अनुमान ओईसीडीले गरेको पाइन्छ ।
सन् २०२० चीनका लागि दुईवटा कारणहरूले गर्दा सुखद रह्यो । समयमै कोरोना संक्रमणलाई नियन्त्रण गर्न सकेकोमा धेरै देशहरू गहिरो आर्थिक मन्दीमा डुबेकोे बेलामा पनि चीनको अर्थतन्त्र गत वर्ष २ प्रतिशतले वृद्धि हुने आकलन गरिएको छ । चीन र अमेरिकाबीचको व्यापारयुद्धमा चीनको विजय भएको मानिएको छ, किनभने यो व्यापारयुद्धले पनि अमेरिकाले आफ्नो चीनसँगको व्यापारघाटा घटाउन सकेन र अमेरिकाको सन् १९९० र २००० को दशकहरूमा रहेको प्रतिस्पर्धीबिनाको आर्थिक आधिपत्यलाई चीनले यो वर्ष तोड्न सफल भएको छ । त्यसकारण जर्मनीका विदेशमन्त्रीले त सन् २०२० लाई चीनको विजय वर्षका रूपमा उद्घोष गरेका छन् ।
सन् २००८ लाई भूमण्डलीकरणको चरम बिन्दु मानिन्थ्यो । सन् २००९ को वित्तीय संकटपछि विश्वका अधिकांश देशहरूले कोभिड संक्रमणसँग जुध्न संरक्षण व्यापार नीतिहरू अपनाएको हुनाले सन् २०२० ले भूमण्डलीकरणको गतिलाई अलि सुस्त बनाएको छ । विश्वका ७५ वटा देशहरूले अति आबश्यक बस्तुहरू निर्यातमा विशेष गरेर औषधि–उपकरण निर्यातमा रोक लगाएको र भारतजस्ता देशले आत्मनिर्भर कार्यकम घोषणा गरेको जस्ता संरक्षणवादी नीतिहरू सन् २०२० ले् बेहोर्नुप¥यो । यति मात्र नभईकन चीन र अमेरिकाको व्यापारयुद्धका कारण धेरै बहुराष्ट्रिय कम्पनीहरूले चाइना प्लस वन स्ट्राटेजीअन्तर्गत आफ्नो कारखाना चीनबाट अन्यत्र सार्न खोजेपछि भियतनाम, मलेसिया, थाइल्यान्ड, बंगलादेश, कम्बोडिया र भारतजस्ता देशहरूको बीचमा त्यस्ता बहुराष्ट्रिय कम्पनीहरू तान्ने प्रतिस्पर्धा नै चल्यो ।
अमेरिकाले क्षेत्रीय व्यापार संगठनहरूबाट मात्र हात झिकेको होइन कि विश्व स्वास्थ्य संगठन, विश्व खाद्य र कृषि संगठन र विश्व व्यापार संगठनजस्ता बहुपक्षीय संस्थाहरूलाई निष्प्रभावी बनाउने कार्यहरू पनि सन् २०२० मा भएको पाइन्छ । अमेरिकाले विश्व सास्थ्य संगठनबाट आफ्नो हात झिक्यो भने विश्व व्यापार संगठनको विवाद निरूपणमा आफ्नो तर्फबाट नियुक्त गर्नुपर्ने न्यायाधीश नियुक्त गरिदिएन । यसले गर्दा अमेरिका बहुपक्षीय व्यापारबाट पछि हट्दै गयो, तर यही वर्ष चीनले आठ वर्षको अथक प्रयासपछि संसारकै सबभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप (आरसेप आसियानका दस देशहरू र चीन, दक्षिण कोरिया न्युजिल्यान्ड, अस्ट्रेलिया र जापान समावेश भएको) गठन गर्न सफल भयो, जसले अन्तर्राष्ट्रिय व्यापारको स्वरूपमै परिवर्तन हुने अनुमान गरिएको छ । यसलाई यस क्षेत्रमा सन् २०२० मा भएको उपलब्धिका रूपमा लिनुपर्ने हुन्छ ।
सन् २०२० को अन्त्यतिर आएर भए पनि केही देशहरूले कोभिडविरुद्धको भ्याक्सिन जनतालाई लगाउन थालेकाले कोभिड संक्रमणबाट बच्ने आशामा अँध्यारो सुरुडको छेउमा बत्ती देखिएको छ । कोभिड भ्याक्सिनमा गरेको लगानीलाई उत्पादनमूलक लगानी मान्नुपर्नेछ, किनभने यसले मानिसहरूको ज्यान जोगाउने मात्र होइन कि अर्थव्यवस्थाको पुनरुत्थानका लागि पनि मद्दत गर्छ । संरक्षणवाद र आइसोलेसने काम गर्दैन भन्ने कुरा १९३० ताका अमेरिकाको इतिहासले प्रमाणित गरिसकेको छ । यो हिसाबले अमेरिकामा जो बाइडेनको विजयले अबका दिनहरूमा विश्व सन् २०२० मा भन्दा बढी संयमित र व्यवस्थित हुने आशा जागेको छ । कोभिड–१९ को संकटलाई अवसरमा रूपान्तरण गर्नका लागि मानिसहरूको सोचविचार र व्यवहारमा परिवर्तनका साथै सामूहिक प्रयास, सद्भाव र प्रतिबद्धताको आवश्यकता रहेको छ । यसले मात्र विश्व अर्थव्यवस्थालाई चलायमान बनाउन मद्दत गर्छ ।
(यस लेखमा उल्लिखित तथ्यांकहरू द इकोनोमिक टाइम्स, इन्डिया तथा प्रोजेक्ट सिन्डिकेटका वेबसाइटहरूबाट लिइएका हुन् ।)

प्रतिक्रिया दिनुहोस्