अमेरिकामा प्रत्येक छैटौ नागरिक भोकै «

अमेरिकामा प्रत्येक छैटौ नागरिक भोकै

न्यूयोर्क-हालसम्मको आंकडाका अनुसार पनि अमेरिका विश्वकै धनी मुलुक हो । यो मुलुकको अर्थतन्त्रको आकार झन्डै २०० खर्ब डलरको हाराहारीमा रहेको छ । प्रविधिदेखि लिएर विभिन्न औद्योगिक उत्पादनको मामिलामा पनि अमेरिका अझै विश्वकै अग्रणी मुलुकको रुपमा रहदै आएको छ । अन्तर्राष्ट्रिय संस्थाहरुको मुख्यालय पनि यही मुलुकमानै रहदै आएको छ । यो अमेरिकाको चिनारी हो । तर अमेरिकाले भोकाहरुको देशको रुपमा अर्को चिनारी पनि पाएको छ ।
तर २००८ को विश्वव्यापी वित्तीय संकट र हालको कोरोना महामारीका कारण यो मुलुकका आंशिक जनता पनि भोकभरीको शिकार भएका छन् । यहाँ प्रत्येक छैटौ व्यक्ति भोकै बस्न बाध्य हुँदै आएका छन् । कोरोनाका कारण रोजगारी गुमाएपछि भोकै बस्न बाध्य भएका हुन् ।
यहाँ डिसेम्बरको अन्त्यसम्ममा ५ करोड भन्दा बढी व्यक्ति खाद्य असुरक्षाको शिकार भएका थिए । अर्थात् प्रत्येक छैटौ अमेरिकी भोकसँग जुभ्mन बाध्य भएका छन् ।
अमेरिकामा आवश्यकता भएका मानिसको संख्यामा पनि त्यत्तीकै वृद्धि भएको छ । समग्र देशमा आवश्यकता भएका मानिसको संख्या महामारी भन्दा पहिलेको तुलनामा दोब्बरले वृद्धि भएको छ । यस किसिमका आवश्यकता भएका परिवारको संख्या, जसमा बच्चा पनि छन्, तीन गुणाले वृद्धि भएको छ ।
यो विषप परिस्थितिमा अमेरिका नेटवर्कले एक महिनामै ५४.८ करोड खानाको प्याकेट वितरण गरेको छ । महामारी सुरु हुनु भन्दा पहिलेको तुलनामा यो ५२ प्रतिशतले बढी हो । जहाँ खाद्य सामग्रीको वितरण गरिन्छ, त्याहाँ मानिस पंक्तिबद्ध भएर बस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्