वीरगन्जमा ३ वटा अस्थायी इजलासका लागि भवन निर्माण गरिने «

वीरगन्जमा ३ वटा अस्थायी इजलासका लागि भवन निर्माण गरिने

वीरगन्ज– जनकपुर उच्चअदालतको अस्थायी इजलास वीरगन्जमा प्रदेश नम्बर २ सरकारले भवन निर्माण गर्ने भएको छ । प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशको सन्तुलित विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उच्चअदालतको अस्थायी इजलासमा भवन निर्माणको तयारी गरिने बताए ।
उच्चअदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा निर्माण गरिने ३ वटा इजलास भवन निर्माण स्थलको स्थलगत निरीक्षण गर्दै उनले भवन निर्माणका लागि आवश्यक प्राविधिक प्रतिवेदनहरू तयार गर्न समेत निर्देशन दिएका छन् । वीरगन्जस्थित उच्चअदालत अस्थायी इजलासका न्यायाधीश शेखर पौडेलले भौतिक पूर्वाधार विकासमन्त्रीको कार्यकक्षमा नै पुगेर अदालतमा इजलासको अभाव रहेकोले निर्माणका लागि ध्यानाकर्षण गराएका थिए ।
इजलासको अभावमान्याय सम्पादनमा समस्याभएको जानकारी पाए लगतै मन्त्री सोनलले अदालत परिसरमा पुगेर इजलास भवन निर्माणका लागि जग्गा निरीक्षण गरेको मन्त्रीका स्वकीय सचिव संतोष यादवले जानकारी दिए । स्थानको निरीक्षण गर्दै मन्त्री सोनलले न्यायमा जनताको सहज पहुँचका लागि प्रदेश सरकार गम्भीर भएकोले छिटोभन्दा छिटो इजलास भवन निर्माणका लागि तयारी गर्न मन्त्रालयका इन्जिनियर बिनोद यादवलाई निर्देशन समेत दिएका छन् ।
इजलास भवन निर्माणको लागत अनुमान तयार गरी छिटो प्रतिवेदन मन्त्रालयमा पेश गर्न निर्देशन दिएका छन् । प्राविधिक प्रतिवेदनहरू त्यार भएपछि तुरुन्तै इजलास भवन निर्माणका लागि रकम निकासा गरि निर्माण सुरु गरिने मन्त्री सोनलले बताए । भवन निर्माण स्थलको निरीक्षणका क्रममा प्रदेससभा सदस्यपारस साह, जनत अन्सारी, करिमा बेगम, जसपा नेता राजेशमान सिंहलगायतको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्