बाइडेनले कार्यकाल सुरु गर्नु अगावै चीनले ईयूमा लगानी सम्झौताको संख्या बढायो «

बाइडेनले कार्यकाल सुरु गर्नु अगावै चीनले ईयूमा लगानी सम्झौताको संख्या बढायो

बेइजिङ-अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कार्यकाल सुरु गर्नु १ महिना भन्दा कमको अवधिमा चीनले युरोपेली संघसँगको महत्वपूर्ण लगानी सम्झौताहरुमा हस्ताक्षर गरेको छ र थप सम्झौताको अपेक्षा गरेको छ ।
दुवै पक्षले दुवै क्षेत्रको व्यवसायलाई एक अर्काको बजारमा लगानीमा बढी पहुँचका लागि बृहत् सम्झौताको विषयको सेरोफेरोमा रहेर वार्ता सम्पन्न गरेको चीन र युरोपेली आयोगले घोषणा गरेका छन् ।
बाइडेनले आफूले कार्यकाल सुरु गरेपछि अमेरिकाका परम्परागत मित्रहरुलाई चीनमाथि दबाब दिनका लागि दबाब दिने अपेक्षाबीच दुवै पक्षले सम्झौतामा हस्ताक्षर गर्न हतार गरेका हुन् । युरोपेली पक्ष पनि २०२१ मा जर्मन चान्सलर एन्जेला मर्केलको कार्यकाल समाप्त हुनुपूर्व सम्झौतामा गर्ने आकांक्षामा रहेको छ ।
अमेरिकाको राष्ट्रपतिय निर्वाचन अगाडि यो वर्ष वार्ता रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्