लोमस फर्मास्युटिकल्सद्वारा ह्यान्ड स्यानिटाइजर वितरण «

लोमस फर्मास्युटिकल्सद्वारा ह्यान्ड स्यानिटाइजर वितरण

लोमस फर्मास्युटिकल्स प्रालिले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्री भक्तजनको सुरक्षाका लागि ह्यान्ड स्यानिटाइजर प्रदान गरेको छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार लोमसका तर्फबाट भक्तजनलाई स्वास्थ्य प्रोटोकलअनुसार कोभिडबाट बच्न प्रयोग गरिने ह्यान्ड स्यानिटाइजर कम्पनीका तर्फबाट प्रणवजंग पाण्डेले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्