होन्डाले भारतमा विद्युतीय कार सार्वजनिक गर्ने

जापानी कार निर्माता कम्पनी होन्डा मोटर्सले भारतीय बजारमा आगामी सन् २०२३-०२४ सम्ममा विद्युतीय कार उत्पादन गर्ने योजना बनाएको छ । यो होन्डाको विश्वव्यापी विद्युतीय कार उत्पादन गर्ने योजनाअन्तर्गतकै भएको कम्पनीले जनाएको छ ।
होन्डाको विद्युतीय कार उत्पादनको योजना विश्वभरका लागि तय भएको छ । २०१९ मा चीनबाट उक्त योजना कार्यान्वयनमा आउने छ । भारतीय बजारको माग र आवश्यकताअनुसारको विद्युतीय सवारी उत्पादनका लागि होन्डाले बृहत् योजना बनाइरहेको बताएको छ । होन्डा भारत सरकारले तय गर्ने विद्युतीय सवारी सम्बन्धी नीतिको पर्खाइमा नभई आफ्नो विद्युतीय सवारी उत्पादनको नीतिअनुरुप अघि बढिरहेको कम्पनीले जनाएको छ ।
होन्डा कार इन्डियाले पेट्रोल पावर कारकै बारेमा व्यापक अध्ययन गरिरहेको छ । तर पछिल्लो समयमा भारतमा डिजेल कारको बिक्री उच्च रहेको छ । होन्डाले यसअघि गरेको घोषणाभन्दा केही ढिलो विद्युतीय सवारी ल्याउने जनाएको हो ।