चीन अर्को अमेरिका भएको हेर्न चाहन्नौः चिनियाँ विदेश मन्त्री «

चीन अर्को अमेरिका भएको हेर्न चाहन्नौः चिनियाँ विदेश मन्त्री

बेइजिङ-चिनियाँ विदेश मन्त्री वाङ यीले विदेश सम्बन्धमा वासिङटनको आक्रामक व्यवहारप्रति सावधानी अपनाएका छन् । यदी दुवै राष्ट्रले समन्वय र आत्म सुधारका लागि आग्रह गरेमा चीन–अमेरिका सम्बन्ध सुधार हुने विषयमा उनले जोड दिए ।
वासिङटनसँग बेइजिङको सम्बन्धमा असाधारण कठिनाई आएको वाङको स्वीकारोक्ति थियो । अमेरिकी पक्षले चीनलाई दबाउने र नयाँ शीतयुद्धको सुरुवात गरेको आरोप उनको थियो ।
यस किसिमको भड्काउने व्यवहारले दुवै मुलुकको स्वार्थमा चोट पुग्ने र मुठभेडको रणनीतिले अन्ततः असफलतातर्फ डो¥याउने उनले बताए ।
वासिङटन चीनको तीव्र विकासप्रति चिन्तित भएको टिप्पणी विदेश मन्त्रीको थियो । उनले वासिङटनलाई अन्य मुलुकलाई अवरोध पु¥र्याउनुको सट्टा आत्म सुधारमा केन्द्रीत हुनका लागि आग्रह गरेका छन् । चीन विश्व मञ्चमा भीमकाय खेलाडीको रुपमा स्थापित भइसकेको र यसले वासिङटनको व्यवहारलाई वैरीको रुपमा परिणत नगर्ने विषयमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्