तरकारीले बजार पाएन «

तरकारीले बजार पाएन

 तेह्रथुमका किसानले उत्पादन गरेको तरकारीले बजार नपाउँदा किसान मर्कामा परेका छन् । नगदेबालीको रूपमा कृषकले व्यवसायिक तरकारी खेती गरेर उत्पादन बढाउँदै लगे पनि बजार नपाउँदा किसान समस्यामा परेका हुन् । आलु, मटरकोसा, अदुवा, काउली, खुर्सानी, लसुनलगायतका तरकारी उत्पादन बढे पनि बजारको अभावका कारण बारीमै थन्किँदै गएको म्याङ्लुङ नगरपालिका–७ आङबुङ भोटेछापकी कृषक कोपिला कार्कीले बताईन । तराईका जिल्लाबाट आयात गरिएको तरकारीका कारण स्थानीय उत्पादनले बजार नपाएको उनको भनाइ छ । जिल्ला सदरमुकाम जिरीखिम्ती बजारमा मात्र तरकारी बिक्री हुने गरेको र अन्य स्थानमा लैजान समस्या पर्ने गरेकाले किसानले वर्सेनि लाखौं क्षति बेहोर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्