प्रभु क्यापिटल टिकटक च्यालेन्जमा सहभागी हुने अवसर «

प्रभु क्यापिटल टिकटक च्यालेन्जमा सहभागी हुने अवसर

स्थापना कालदेखि नै गुणस्तरीय सेवा र ग्राहकहरुको सुविधालाई प्राथमिकता दिँदै आएको प्रभु क्यापिटलले टिकटक क्याम्पियन आयोजना गरिरहेको छ । भिडियोबाट लोकप्रियता कमाउन सफल रेश्मा घिमिरेले आफ्नो टिकटक एकाउन्टमा अपलोड गरेको प्रभु क्यापिटलको गीत र सोही क्याप्सन सहित आफ्नो टिकटक भिडियो अपलोड गरेर यस प्रतियोगितामा सहभागिता जनाउन सकिनेछ ।
यहि पुस ९ गतेदेखि माघ ८ गतेभित्र प्रभु क्यापिटलको गीतमा टिकटक बनाउने सहभागीहरुमध्ये उत्कृष्ट भिडियो बनाउनुहुने ३ प्रतियोगीहरुले प्रभु हेलिकप्टरको फ्लाइटमार्फत गोसाइँकुण्ड घुम्ने मौका पाउने कम्पनीले जनाएको छ । यस टिकटक प्रतियोगिता अवधिभरि प्रभु क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्ने अवसर पनि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्