Logo

‘युथ म्युजिक कन्टेस्ट २०२१’ को प्रायोजन सिभिल बैंकले गर्ने

दया फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै ‘युथ म्युजिक कन्टेस्ट २०२१’ नामक सांगीतिक प्रतिष्प्रधात्मक कार्यक्रमको आयोजन गर्दैछ । सो कार्यक्रमको मुख्य प्रायोजक सिभिल बैंक लिमिटेड रहेको छ । यस प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
यस कार्यक्रममा १५ देखि २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन् । इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल, इत्यादि अथवा आफैले वा समूहमा वाद्य यन्त्र बजाएर गाइएको गीत (अधिकतम लम्बाइ ५ मिनेट सम्मको) ‘युथ म्युजिक कन्टेस्ट २०२१’ फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ । प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन् । तर नेपालको विभिन्न मौलिक भाषामा गाइएका गीतलाई भने प्राथमिकता दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्