अमेरिकी शुल्क सबै किसिमबाट प्रत्यूत्पादक, युरोपले जवाफ दिनुपर्छः एयरबस «

अमेरिकी शुल्क सबै किसिमबाट प्रत्यूत्पादक, युरोपले जवाफ दिनुपर्छः एयरबस

ब्रसेल्स-विमानहरुको पार्टसलाई लक्षित गरी ल्याइएको नयाँ अमेरिकी शुल्क अमेरिकी कामदारका लागिनै हानिकारक हुने युरोपेली विमान निर्माता कम्पनी एयरबसले जनाएको छ । ब्रसेल्सले यसको उपयुक्त जवाफ दिनुपर्ने उसको आग्रह छ ।
विमानमा दिइएको सहुलियको विषयलाई लिएर ईयू–अमेरिकाबीचको व्यापार विवाद २०२१ मा थप चर्कने देखिन्छ । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले फ्रान्सेली र जर्मन वाइनका साथै विमानसँग सम्बन्धित पार्टसमा भन्सार शुल्क बढाउने योजना बनाएपछि युरोपेली संघ र अमेरिकाबीचको विवाद थप चर्कन लागेको हो । यद्यपि हालसम्म दस्तुरको दर भने सार्वजनिक भएको छैन ।
“अमेरिकामा निर्मित विमानका पार्टसहरु लगायतलाई यूएसटीआरले शुल्क बढाएपछि यो अमेरिकाका लागि पनि प्रत्यूत्पादक सावित हुने भएको छ,” प्रवक्ताले बताएका छन् । युरोपले आफ्नो स्वार्थको उपयुक्त तरिकाबाट रक्षा गर्नेमा आपूm विस्वस्त रहेको एयरबसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्