पुनः श्रम स्वीकृती अनलाइनबाटै

श्रमिकले घन्टौ लाईन बसेर लिदै आएको पुनः श्रम स्वीकृतीलाई भोली (शुक्रबार) देखी कार्यस्थल वा घरबाट नै लिन सकिने गरी सेवा विस्तार गरिएको छ ।
वैदेशिक रोजगार कार्यलयमा श्रमिकलाई उपस्थिती गराएर दिदै आएको श्रम स्वीकृतीलाई अनलाईन गरेपछि यो सेवाका लागि श्रमिक नेपाल आउनु नपर्ने भएको छ । यो व्यवस्थासँगै पुन श्रम स्वीकृतीको आवेदन दिन लाखौ तिरेर नेपाल आउनु पर्ने र घन्टौ लाइन बस्नु पर्ने झनझट समाप्त भएको छ ।
वार्षिक ३ लाख भन्दा बढी श्रमिकले काठमाडौ सहित देशभर रहेका ७ कार्यलयबाट लिदै आएको श्रम स्वीकृतीका लागि विदेशमा रहेका श्रमिकले नियोग समेत जानु नपर्ने गरी अनलाईन मार्पmत गरिएको हो । वैदेशिक रोजगार विभागले १ वर्ष भन्दा लामो तयारीपछि अंग्रजी नयाँ वर्ष अर्थात पुष १७ बाट यो सेवा संचालन हुने जनाएको छ । बिभागका महानिर्देशक कुमार प्रसाद दाहालले बैदेशिक रोजगार व्यवस्थापन सुचना प्रणाली (फेमिस) मार्पmत कार्यलय नगई श्रमिकले चाहेको स्थानबाट श्रम स्वीकृती लिने गरी प्रणाली विकास गरिएको बताए । फेसिम वैदेशिक रोजगारीका लागि काम गदै आएका सरकारी तथा नीजि संस्थाहरुलाई अनलाईन मार्पmत सूचना जोडने प्रणाली हो । यसमा राहदानी विभाग, अध्यागनम विभाग, कन्सुलर विभाग, बोर्ड, बिमा, मेनपावर, तालिम प्रदायक संस्था र नियोग लगायत १ दर्जन निकाय आबद्ध रहेका छन ।
“श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहने नेपाली नागरिकहरुले तिर्नु पर्ने म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी समेत इ वालेट मार्पmत तिर्न सक्ने छन ।” महानिर्देशक दाहालले कारोबारसँग भने “ जनवरी १ अर्थात पुष १७ गतेबाट अनलाइन माध्यमबाट नै श्रम स्वीकृतिको आवेदन दिई श्रम स्वीकृति प्राप्त गर्न सकिने भएकोले विदामा स्वदेश आएका तथा विदेशमै रहेका सबै श्रमिकले आफु रहेको स्थानबाटै सेवा लिन सक्ने छन ।”
यस अघि श्रम स्वीकृती लिदा बायोमेट्रिक (औठा छाप र आखाको स्क्यान) नगरेका श्रमिकले एक पटकका लागि भने कार्यलयमा नै आउनु पर्ने विभागले जनाएको छ । बिभागले आइरिस र बायोमेट्रिक लिने काम ३ वर्ष अघि नै शुरु गरेका कारण बायोमेट्रिक नगरेका श्रमिक भने न्यून छन ।
अनलाइन मार्फत पुनः श्रम स्वीकृतिको लागि सेवा प्राप्त गर्न वेदेशिक रोजगार विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति फारम भर्नु पर्ने छ । श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन रद्द भएमा सोको कारण सहितको आवेदकलाई मोवाइलमा म्यासेज र आवेदन गर्दाको एकाउन्टमा सूचना जाने समेत व्यवस्था गरिएको छ । म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भूक्तानी प्रदायक मार्फत समेत भुक्तानी गर्न सकिने छ । अनलाइन सेवा प्राप्त गर्न कार्यालय उपस्थित भइरहनु नपर्ने हुँदा अनलाईन श्रम स्वीकृती सेवाबाट सेवाग्राहीहरुलाई थप सहज हुने विभागले जनाएको छ ।
गन्तव्य देशबाटै श्रम स्वीकृती दिने तयारी गरेसँगै वार्षिक औषत २ लाख ५० हजार बिदामा आउने श्रमिकको आर्थिक व्ययभार घटने भएको छ । विदेशबाट नै श्रम स्वीकृती लिन सेवा विस्तारका लागि आवश्यक पर्ने सप्mटवेयरको ९० प्रतिशत काम सम्पन्न भएको विभागले जनाएको छ ।
बिदामा आएका ७५ प्रतिशत कामदारले विदेश फर्कदा नेपालमा नै श्रम स्वीकृती लिने गरेका छन । बिदामा आउने योजना बनाएका बाहेक श्रम स्विीकृतीकै लागि भनेर २ लाख ५० हजार कामदार मध्ये ५० हजार मात्र स्वदेश आउदा प्रति श्रमिक १ लाख रुपैया खर्च राख्दा पनि ५ अर्ब रुपैया बचत हुने देखिएको छ । २ वर्ष भन्दा लामो समयपछि बिदामा आउने कामदारले अनिवार्य श्रम स्वीकृती लिनु पर्ने हुन्छ । आर्थिक वर्ष २०७६-२०७७ मा मात्र २ लाख भन्दा बढी श्रमिकले पुनः श्रम स्वीकृती लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । यस मध्ये सबै भन्दा बढी कतार, युएई, मलेसिया, साउदी अरब, बहराईन, कुवेत लगायतका देशका श्रमिकले धेरै पुनं श्रम स्वीकृती लिएको देखिन्छ ।